मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

‘अमला काण्ड’ भन्दै सम्प्रेषण गर्ने यि युट्युब च्यानल कारबाहीमा

‘अमला काण्ड’ भन्दै सम्प्रेषण गर्ने यि युट्युब च्यानल कारबाहीमा

  • 415
    SHARES

  • ‘अमला काण्ड’ भन्दै सम्प्रेषण गर्ने यि युट्युब च्यानल कारबाहीमा

    काठमाडौँ, झापाको शिवसताक्षी नगरपालिकामा भएको घटनालाई ‘अमला काण्ड’ भन्दै अतिरञ्जित ढंगले प्रस्तुत गर्ने ३८ वटा युट्युब च्यानलविरुद्ध प्रेस काउन्सिल नेपालले कारबाही प्रक्रिया अघि बढाएको छ ।

    काउन्सिलले पछिल्लो समय विभिन्न युट्युब च्यानल र फेसबुक पेजमार्फत सत्यतथ्य पुष्टि नगरी सनसनीपूर्ण समाचार सम्प्रेषण भइरहेको जनाएको छ । पीडित युवती,आरोपित जेष्ठ नागरिक,शिशु र पीडित परिवारका भिडियो तथा तस्बिर सार्वजनिक गर्दै अमर्यादित प्रश्नहरू सोधिएको,संवेदनहीन बहसलाई प्राथमिकता दिँदै भ्युअर बढाउने उद्देश्यले चरित्रहत्या गर्ने सामग्री सम्प्रेषण गरिएको काउन्सिलको ठहर छ ।

    पत्रकार आचारसंहिता,महिला उत्तरदायी सञ्चार निर्देशिका,जेष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका र वैयक्तिक गोपनीयतासम्बन्धी ऐनको उल्लङ्घन गर्ने यस्ता च्यानलहरूमाथि कारबाही अघि बढाइएको काउन्सिलले जनाएको छ ।

     

    बिहिवार, माघ २४ २०८१०७:५४:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार