काठमाडौँ, लामो समयदेखि सवारी चालक अनुमति पत्रका लागि ट्रायल दिएर बसेकाहरूले अब भने स्मार्ट लाइसेन्स पाउने भएका छन् ।
नयाँ लाइसेन्स र नवीकरणका लागि राजस्व तिरेको पाँच वर्षसम्म पनि सेवाग्राहीले बिल बोकेर हिँड्नुपर्ने बाध्यता अब अन्त्य हुन लागेको हो ।
यातायात व्यवस्था विभागसँग स्मार्ट लाइसेन्स छाप्ने एउटा मात्रै मेसिन भएकाले मागअनुसार प्रिन्ट गर्न सकेको थिएन । विभागका अनुसार अहिले २८ लाख स्मार्ट लाइसेन्स छाप्नै बाँकी छ ।
यस्तो छ यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबिचको समझदारी
१, यातायात व्यवस्था विभागबाट प्राप्त माग संख्याबमोजिम सवारी चालक अनुमति पत्र छपाइ गर्ने
२, यातायात व्यवस्था विभागबाट प्राप्त विवरणअनुसार प्रविधिमा आधारित अन्य सुरक्षा विशेषताहरूसहित सुरक्षित सवारी चालक अनुमति पत्र छपाइ गरी दोस्रो पक्षलाई उपलब्ध गराउने
३, छपाइका लागि आवश्यक मेसिनरी,उपकरण,कच्चा पदार्थ र उपभोग्य बस्तुहरूको व्यवस्थापन गर्ने ।
४, छपाइ गरिएका सवारी चालक अनुमति पत्रहरू यातायात व्यवस्था विभागलाई सुरक्षित रूपमा हस्तान्तरण गर्ने ।
५,२०८२ असार मसान्तसम्म प्रथम चरणको उत्पादन सुरु गरी विभागलाई उपलब्ध गराउने ।
६, सवारी चालक अनुमति पत्र छपाइका लागि आवश्यक पर्ने व्यक्तिगत विवरण आपसी सहमति भएको ढाँचा र तालिकामा सुरक्षण मुद्रण केन्द्रलाई उपलब्ध गराउने ।
७,अनुगमन तथा समन्वयका लागि विभागको मौज्दात जनशक्तिबाट आपसी सहमतिका आधारमा उपलब्ध प्राविधिक कर्मचारीहरू खटाउने ।
८, केन्द्रले छपाइ गर्ने गरी उपलब्ध गराउने लाइसेन्सका लागि केन्द्रको सञ्चालक समितिबाट निर्धारण भएको शुल्कअनुसार रकम निकासा गर्नुपर्ने ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।