नेपाली सेनाले २७ जनालाई नियन्त्रणमा लिएको छ । सूचना निर्देशनालयले बिहानसम्म २७ जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
लुटपाट,आगजनी,विध्वंस लगायतमा संलग्न रहेको आरोप उनीहरूमाथि छ । उनीहरूबाट प्रहरीले ३१ वटा बन्दुक बरामद गरेको छ । काठमाडौंमा २३ वटा र पोखरामा ८ वटा बन्दुक बरामद भएको हो । ३ वटा बारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रण गर्ने कार्य भईरहेको सेनाले जनाएको छ । काठमाडौँको गौशाला-चाबहिल-बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट ३३ लाख ७० हजार रुपैयाँ बरामद भएको छ ।
यसबीचमा सुरक्षाकर्मीसमेत घाइते भएका छन् । २३ जना नेपाल प्रहरी र ३ जना गैर सैनिक व्यक्तिको हाल सैनिक अस्पतालमा उपचार भइरहेको नेपाली सेनाले जनाएको छ । सेनाले विद्यमान परिस्थिति नियन्त्रणमा सबै सुरक्षा संयन्त्र सक्रिय रहेको र नागरिकलाई शान्ति सुरक्षामा सहयोग गर्न आह्वान गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।