काठमाडाै, सरकारले दसैं,तिहार लगायतका चाडपर्वमा हवाई टिकटको भाडा नबढाउन सबै सेवा प्रदायक संस्थाहरूलाई आग्रह गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सबै सेवा प्रदायक निकायलाई चाडपर्वको बेला पारेर हवाई भाडादर बढाउने काम नगर्न सचेत गराइएको बताए । शुक्रबार उनले मुलुकको कठिन अवस्थालाई ध्यानमा राखेर सरकारले तोकेको अधिकतम मूल्य भन्दा कम मूल्यमा हवाई टिकट बिक्री गरी यात्रुहरूलाई राहत दिन संवद्ध सबै पक्षलाई भनिएको जानकारी दिए ।
हवाई टिकटको न्यूनतमदेखि अधिकतम सम्मको मूल्य कानूनमा नै व्यवस्था गरिएको छ । त्यसमा अधिकतम मूल्यभन्दा कम मूल्यमा सो टिकट बिक्री गर्न सेवा प्रदायक संस्थाहरूलाई भनिएको प्राधिकरणको भनाइ छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।