काठमाडौं उपत्यकासहित बागमती,मधेस,गण्डकी र लुम्बिनी प्रदेशमा अहिले अविरल वर्षा भइरहेको छ ।
काठमाडौंमा त शुक्रबार रातिदेखि नै अविरल वर्षा भइरहेको छ । काठमाडौंमा अहिले मध्यम वर्षा छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंको नैकापमा पछिल्लो एक घन्टामा ६.८,ललितपुरको टीकाथलीमा ५.८,काठमाडौंको पानीपोखरीमा ५.२,कपनमा ५.२,भक्तपुरको ताथलीमा ५.८ मिलिमिटर वर्षा भएको छ ।
पछिल्लो २४ घन्टामा कैलालीको गर्भ दरबारमा ८५.८ मिलिमिटर वर्षा भएको छ । हामीले मौसमविद् प्रतिभा मानन्धरलाई काठमाडौंमा कति पानी पर्ने सम्भावना छ भनेर सोधेका थियौं । उनले यसपटक भित्रिएको पानी पार्ने प्रणालीको केन्द्र नै काठमाडौं जस्तो देखिएको उनले बताइन् । अहिले भारत हुँदै लुम्बिनी,गण्डकी प्रदेशतिरबाट पानी पार्ने बादल काठमाडौंको आकाशमा केन्द्रित भइरहेको उनले बताइन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।