काठमाडौं, प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएका हुन् । आज आन्तरिकतर्फ केही उडान 'डाइभर्ट' गरिएका छन् । भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द गरिएको छ ।
पोखरा विमानस्थल आगमन बन्द छ भने ‘डिपार्चर’ मात्रै खुलेको छ । काठमाडौंका लागि विराटनगरबाट उडेको श्री एयरलाइन्सको विमान उतै डाइभर्ट भएको छ । भैरहवाबाट काठमाडौं उडेको सोही एयरलाइन्सको विमान पनि भैरहवा डाइभर्ट गरिएको छ ।
विमानस्थलका अनुसार अन्तरराष्ट्रियतर्फ नेपाल एयरलाइन्सको विमान भारतको नयाँदिल्ली डाइभर्ट भएको छ । इण्डिगो एयरको विमान पनि नयाँदिल्ली र एयर इण्डियाको विमान लखनऊ डाइभर्ट भएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।