काठमाडौं, सरकारले यस पटक हिउँदमै काठमाडौंका सडक मर्मतको कामलाई तीव्रता दिएको छ ।

काठमाडौं सडक डिभिजन कार्यालयका अनुसार अहिले काठमाडौंको मुख्य सडकमा रहेका खाल्डाखुल्डी मर्मत र कालोपत्रे गर्ने कामलाई तीव्रता दिइएको छ ।


भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सुन्दर,सफा र सुरक्षित शहर निर्माणको लक्ष्यसहित काठमाडौं उपत्यकामा सडकको नियमित मर्मत सम्भार सुरु गरिएको जानकारी दिएका छन् ।
उनले सडक मर्मतको कामलाई नियमित र प्रभावकारी बनाउने प्रतिबद्धता समेत जनाएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।