मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

सरकारी विज्ञापन सरकारी सञ्चारमामात्र विज्ञापन प्रकाशन गर्न निर्देशन ,पत्रकार महासंघको विरोध

सरकारी विज्ञापन सरकारी सञ्चारमामात्र विज्ञापन प्रकाशन गर्न निर्देशन ,पत्रकार महासंघको विरोध

मेगा खबर संवाददाता

१९, चैत्र २०८२
  • 790
    SHARES

  • सरकारी विज्ञापन सरकारी सञ्चारमामात्र विज्ञापन प्रकाशन गर्न निर्देशन ,पत्रकार महासंघको विरोध

    काठमाडौं, सरकारले सरकारी खर्चमा मितव्ययिता कायम तथा सूचना प्रकाशन प्रक्रियालाई पारदर्शी र एकरूप बनाउन भन्दै सरकार सञ्चार माध्यममामात्र विज्ञापन प्रकाशन प्रकाशन गर्न निर्देशन दिएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,सिंहदरबारले जारी गरेको पत्र अनुसार अब सार्वजनिक निकायहरूले आफ्ना सूचना तथा विज्ञापनहरू सरकारी सञ्चार माध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्नुपर्ने छ । शाखा अधिकृत विनोद रेग्मीले सचिवस्तरबाट बुधबार भएको निर्णय अनुसार संघ,प्रदेश र स्थानीय तहका सबै निकायहरूले प्रेषित गरेका छन् ।

    उक्त पत्र अनुसार अब सरकार विज्ञापन र सूचनाहरू गोरखापत्र संस्थान,रेडियो नेपाल र नेपाल टेलिभिजन जस्ता सरकारी स्वामित्वका सञ्चार माध्यममै प्रकाशन गर्नुपर्ने छ । त्यस्तो प्रकाशन तथा प्रसारणको भुक्तानी गर्दा सम्बन्धित सञ्चार संस्थाको आधिकारिक खातामा मात्र रकम जम्मा गर्नुपर्ने व्यवस्था छ ।

    यससँगै, सूचना प्रकाशन वा प्रसारणबापतको भुक्तानी सम्बन्धित सञ्चारमाध्यमकै खातामा सिधै जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। भुक्तानी दर र उपलब्ध छुटसम्बन्धी निर्णय भने सम्बन्धित सञ्चारमाध्यमले आधिकारिक रूपमा स्वीकृत गरेको हुनुपर्नेछ ।

    बिहिवार, चैत्र १९ २०८२०१:२३:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार