काठमाडौँ, नयाँ वर्षसँगै काठमाडौँ उपत्यकामा हिजोदेखि रात्रिकालीन बस सेवा सुरु भएको छ ।
काठमाडौँ,ललितपुर,चन्द्रागिरि र बुढानीलकण्ठका स्थानीय तहको सहकार्यमा सञ्चालनमा आएको यस सेवाले रातिको आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ ।
हाल सात वटा बस सञ्चालनमा ल्याइएका छन् । बसमा वाइफाइ सुविधा,सिसीटिभी निगरानी र सुरक्षाका लागि नगर प्रहरीको व्यवस्था गरिएको छ । बसहरू निर्धारित रुटमा नियमित अन्तरालमा सञ्चालन हुने महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बताइन् ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।