काठमाडौ, नेपालमा राईड सेयरिङ सेवाले अन्ततः कानुनी वैधानिकता पाउने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको ‘सवारी तथा यातायात सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८२’ को मस्यौदामा पठाओ, इन्ड्राइभ जस्ता सेवालाई पहिलोपटक स्पष्ट रूपमा कानुनी दायरामा ल्याउने प्रस्ताव गरिएको छ ।
तीन दशक पुरानो ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ लाई प्रतिस्थापन गर्न ल्याइएको यस विधेयकले राईड सेयरिङलाई आधुनिक यातायातको अभिन्न अंगका रूपमा स्विकार्दै नयाँ व्यवस्था गरेको छ ।
यदि कुनै सवारीले अनलाइन प्रणाली (एप) प्रयोग नगरी अफलाइन यात्रु बोकेको खण्डमा ट्राफिक प्रहरीले तत्कालै दुई हजार रुपैयाँसम्म जरिबाना गर्न सक्ने व्यवस्था गरिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।