मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनको दर्ता ( सुची)

सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनको दर्ता ( सुची)

मेगा खबर संवाददाता

२३, बैशाख २०८३
  • 1.4K
    SHARES

  • सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनको दर्ता ( सुची)

    काठमाडौं, सरकारले सरकारी कर्मचारीका १२ वटा ट्रेड युनियन संगठनहरूको दर्ता खारेज गरेको छ ।

    श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले बुधबारको निर्णय अनुसार ८ वटा निजामती कर्मचारीका र ४ वटा स्वास्थ्यकर्मीका ट्रेड युनियनहरू खारेज गरेको जनाएको छ । सरकारले हालै जारी गरेको नयाँ अध्यादेशको जगमा विभागले बुधबार यस्तो निर्णय लिएको हो ।

    यो खारेजी निजामती सेवा ऐन,२०४९ (दोस्रो संशोधन,२०६४) र नेपाल स्वास्थ्य सेवा ऐन,२०५३ (चौथो संशोधन,२०७०) अन्तर्गत विभागमा दर्ता भई क्रियाशिल रहेका सम्पूर्ण राष्ट्रिय स्तरका ट्रेड युनियनहरूको हकमा लागू भएको छ । 

    सरकारले जारी गरेको संवत् २०८३ सालको अध्यादेश नम्बर ७ ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ को व्यवस्थालाई मुख्य कानुनी आधार बनाएर यी युनियनहरूको दर्ता खारेज गर्ने निर्णय गरिएको विभागका प्रवक्ता इन्जिनियर मणिनाथ गोपले जानकारी दिएका छन् ।

    हेर्नुहोस् विभागको  सूचना :

    बुधवार, बैशाख २३ २०८३०६:२३:५८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार