काठमाडौं,यातायात व्यवस्था विभागले देशभर सम्पूर्ण सार्वजनिक सवारी साधनहरूको नयाँ दर्तामा रोक लगाएको छ ।
विभागले बढ्दो ट्राफिक जाम,वायु प्रदूषण र सडकको चापलाई कारण देखाउँदै अर्को सूचना जारी नभएसम्मका लागि सार्वजनिक सवारी दर्ता रोक्ने निर्णय गरेको हो । विभागका निर्देशक मणि राम भुसालले जेठ ७ गते जारी गरेको परिपत्र सातवटै प्रदेशका सम्बन्धित मन्त्रालय (भौतिक पूर्वाधार,श्रम तथा यातायात व्यवस्था मन्त्रालयहरू) र देशैभरिका सबै स्थानीय तहलाई पठाइएको छ ।
विभागले जारी गरेको पत्रमा इन्धनबाट चल्ने मात्र नभई ‘इलेक्ट्रिक (विद्युतीय) सार्वजनिक सवारी साधन’ को समेत नयाँ दर्ता रोक्न स्पष्ट निर्देशन दिइएको छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।