मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

धुलिखेल–खावा सडकमा १५ दिन राति सवारी बन्द

धुलिखेल–खावा सडकमा १५ दिन राति सवारी बन्द

मेगा खबर संवाददाता

१३, आषाढ २०८३
  • 721
    SHARES

  • धुलिखेल–खावा सडकमा १५ दिन राति सवारी बन्द

    अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक खण्डको स्तरोन्नति तथा कालोपत्रे कार्यलाई तीव्र बनाउन १५ दिन रातिको समयमा सवारी आवागमन रोकिने भएको छ ।

    जिल्ला सुरक्षा समितिको निर्णय अनुसार असार २२ देखि साउन ४ गतेसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडक खण्डमा सवारी सञ्चालन बन्द रहनेछ । यस अवधिभर टिपर र ठूला मालवाहक ट्रकलाई पूर्ण रूपमा प्रवेश निषेध गरिएको छ भने अन्य सवारीसाधनलाई पनि रातिको समयमा सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ ।

    निर्माण कार्यलाई समयमै सम्पन्न गर्न र सडकको कामलाई सहज बनाउन यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ । यात्रु तथा चालकलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

    यद्यपि,एम्बुलेन्स,सुरक्षा निकाय तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधन भने पूर्ववत् सञ्चालन गर्न पाउनेछन् । सवारी व्यवस्थापनका लागि सम्बन्धित जिल्लाका प्रशासन कार्यालय र सुरक्षा निकायबीच आवश्यक समन्वय गरिने पनि जनाइएको छ ।

    शनिवार, आषाढ १३ २०८३०४:३२:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार