मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

निकिताको ‘रानी महल’ टिजर रिलिज

निकिताको ‘रानी महल’ टिजर रिलिज

  • 5.7K
    SHARES

  • निकिताको ‘रानी महल’ टिजर रिलिज

    करिब २० प्रतिशत छायांकनपछि रोकिएको चलचित्र ‘रानी महल’को टिजर रिलिज गरिएको छ । २ बर्ष अगाडि निर्माण प्रक्रिया सुरु भएपनि आन्तरिक विवादका कारण चलचित्रको छायांकन अगाडि बढ्न सकेको थिएन ।

    यो चलचित्रबाट पूर्व मिस नेपाल निकिता चण्डक चलचित्र क्षेत्रमा प्रवेश गर्ने तयारीमा थिइन् । तर, यो चलचित्रको छायांकन रोकिएपछि निकिताले चलचित्र ‘साङ्लो’मा काम गरिसकेकी छिन् । निर्माणपक्षले २० प्रतिशत छायांकन सकेको लामो समयपछि टिजर रिलिज गरेको हो ।लक डाउनपछि चलचित्रको बाँकी छायांकन सकेर चलचित्र रिलिज गर्ने तयारी निर्माणपक्षले गरेको छ ।

    विमल भुषालको निर्माणमा बनेको यो चलचित्रलाई हिमाल न्यौपानेले निर्देशन गरेका हुन् । चलचित्रमा निरज कँडेलको छायांकन, सम्राट महर्जनको सम्पादन, दीपक पौडेलको पटकथा तथा संवाद, हिमाल केसीको एक्सन, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी छ ।

    यो चलचित्रमा निकिता चण्डक, पृथ्वीराज सेञ्चुरी, साहिल श्रेष्ठ, मानस्वी खरेल, निर शाह, वीएस राना, दीपक क्षेत्री लगायतका कलाकारको मुख्य भूमिका छ ।

    https://www.youtube.com/watch?v=O0GmP4neSnI&feature=emb_logo

    शनिवार, जेठ ३ २०७७०७:३५:४१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार