मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

काठमाडौंमा सिक्री लुटेर फरार आरोपी पक्राउ गर्न प्रहरीको गोली, खुकुरीसहित नियन्त्रण

काठमाडौंमा सिक्री लुटेर फरार आरोपी पक्राउ गर्न प्रहरीको गोली, खुकुरीसहित नियन्त्रण

मेगा खबर संवाददाता

१७, श्रावण २०८३
  • 2.3K
    SHARES

  • काठमाडौंमा सिक्री लुटेर फरार आरोपी पक्राउ गर्न प्रहरीको गोली, खुकुरीसहित नियन्त्रण

    काठमाडौं, काठमाडौंमा सिक्री लुटपाटको घटनामा संलग्न भई फरार रहेका एक जनालाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली प्रहार गरेको छ ।

    प्रहरीका अनुसार साउन १६ गते राति करिब १०:२५ बजे बुढानीलकण्ठ नगरपालिका–१३ चुनिखेल क्षेत्रमा सिक्री लुटपाट गरी फरार भएका कर्मा तामाङलाई पक्राउ गर्न खोज्दा उनले प्रहरीमाथि खुकुरी प्रहार गर्ने प्रयास गरेका थिए ।

    प्रहरीमाथि आक्रमणको प्रयास भएपछि आत्मरक्षाका लागि तीन राउण्ड गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । गोली लागेर घाइते भएका तामाङलाई नियन्त्रणमा लिइएको छ ।

    उनको साथबाट घटनामा प्रयोग गरिएको खुकुरीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

    घाइते तामाङको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

    आइतवार, श्रावण १७ २०८३१०:१०:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार