मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

आजको राशिफल : कुन राशिका लागि कस्तो रहला आजको दिन ?

आजको राशिफल : कुन राशिका लागि कस्तो रहला आजको दिन ?

मेगा खबर संवाददाता

१७, भाद्र २०८३
  • 259
    SHARES

  • आजको राशिफल : कुन राशिका लागि कस्तो रहला आजको दिन ?

    मेष
    समाजसेवा वा सार्वजनिक काममा अपेक्षाअनुसार काम गर्न नसक्दा आलोचना हुन सक्छ। दिएको वचन पूरा गर्न नसक्दा अप्ठ्यारो पर्न सक्छ। नयाँ काम सुरु गर्न केही समय पर्खनु राम्रो हुनेछ। उठ्नुपर्ने रकम नआउँदा आर्थिक अभाव हुन सक्छ। प्रविधि प्रयोग गर्दा सावधानी अपनाउनुहोस्। प्रेमसम्बन्धमा मनमुटाव बढ्न सक्छ।

    वृष
    धार्मिक तथा सामाजिक काममा सक्रिय रहँदै दिन बित्नेछ। पेसा–व्यवसाय सहज रूपमा सञ्चालन हुँदा दैनिक खर्च धान्नुका साथै केही बचतसमेत गर्न सकिनेछ। पढाइमा समय दिए राम्रो नतिजा हात पार्न सकिनेछ। प्रेमसम्बन्ध अझ प्रगाढ बन्नेछ। विदेशमा रहेका वा विदेश यात्राको तयारीमा रहेकाहरूका लागि दिन प्रभावकारी छ।

    मिथुन
    भौतिक सम्पत्ति जोडिने तथा उपहार प्राप्त हुने योग छ। नयाँ काममार्फत आम्दानीका स्रोत बढाउन सकिनेछ। सरकारी वा पैतृक सम्पत्ति हात लाग्ने सम्भावना छ। अग्रजको सुझाव मानेर अघि बढ्दा सफलता मिल्नेछ। पढाइमा प्रगति हुनेछ भने लामो समयदेखि रोकिएको काम बन्नाले उत्साह बढ्नेछ।

    कर्कट
    राजनीति तथा समाजसेवामा सक्रियहरूका लागि दिन राम्रो छ। जनताको काम गरेर नाम कमाउने अवसर मिल्न सक्छ। व्यापार तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट आम्दानी हुनेछ। कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। इमान्दारिता र मेहनतको उच्च मूल्यांकन हुनेछ। प्रेमसम्बन्ध पनि सुमधुर बन्नेछ।

    सिंह
    धार्मिक तथा आध्यात्मिक काममा समय बिताउँदा मन शान्त रहनेछ। भाग्यको साथ मिल्ने भएकाले थोरै प्रयासमै राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। प्रेमिका तथा साथीभाइको सहयोगले प्रगतिका नयाँ ढोका खुल्नेछन्। कार्यक्षेत्रमा प्रशंसा पाइनेछ। नयाँ कामको प्रस्ताव आउनुका साथै बढुवा वा स्थानान्तरणको योग छ।

    कन्या
    आफन्त तथा दिदीबहिनीको सहयोगले महत्वपूर्ण काम पूरा गर्न सकिनेछ। प्रेमसम्बन्धका लागि समय अनुकूल छ। व्यापार तथा वित्तीय लगानीमा वृद्धि हुनेछ। शुभ तथा मांगलिक समारोहमा सहभागी हुने अवसर मिल्नेछ। कामको सिलसिलामा लामो दूरीको यात्रा हुन सक्छ। लेखन तथा साहित्यका बाँकी काम पूरा गर्न सकिनेछ।

    तुला
    जीवनसाथीको सहयोगले महत्वपूर्ण तथा परिणाममुखी काम गर्न सकिनेछ। प्रेमसम्बन्धमा आत्मीयता बढ्नेछ। निर्माण सामग्री तथा खाद्यान्नको व्यापार फस्टाउनेछ। लामो दूरीको यात्राको सम्भावना छ। प्रविधिमार्फत आफ्ना विचार जनमानसमा पुर्‍याउन सकिनेछ। सामाजिक काममा सक्रिय हुने अवसर मिल्नेछ।

    वृश्चिक
    व्यापार–व्यवसायबाट राम्रो नाफा कमाउन सकिनेछ। पुराना स्वास्थ्यसम्बन्धी समस्या तथा अन्य झन्झट क्रमशः कम हुँदै जानेछन्। मामा–मावली पक्षबाट सहयोग मिल्नेछ। पढाइमा उत्कृष्ट नतिजा हात पार्न सकिनेछ। प्रेममा नजिकिने अवसर मिल्नेछ। सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगबाट आफ्ना विचार प्रभावकारी रूपमा राख्न सकिनेछ।

    धनु
    व्यवसायमा काम गर्ने अनुकूल वातावरण बन्नेछ र आर्थिक अवस्था बलियो हुनेछ। औद्योगिक तथा वित्तीय क्षेत्रमा लगानीबाट लाभ लिन सकिनेछ। आफन्त तथा सन्तानको सहयोग प्राप्त हुनेछ। बौद्धिकताको प्रयोगबाट नाम र दाम कमाउन सकिनेछ। नयाँ विचारलाई प्रविधिमार्फत व्यवहारमा उतार्ने अवसर मिल्नेछ। प्रेममा सफलता मिल्नेछ भने पढाइका क्रममा यात्रा हुन सक्छ।

    मकर
    समय अनुकूल रहेकाले सवारी साधन तथा घरजग्गाको कारोबारबाट लाभ लिन सकिनेछ। आमा वा आफन्तको सहयोगले महत्वपूर्ण काम पूरा हुनेछ। प्रेमका लागि दिन निकै राम्रो छ। सिजनअनुसारका सामानको व्यापार बढ्नेछ। राजनीति तथा सामाजिक क्षेत्रमा आलोचनात्मक समर्थन प्राप्त हुनेछ। आर्थिक सूचकमा सुधार आउनेछ।

    कुम्भ
    सानो प्रयासमै राम्रो काम गरेर लाभ लिन सकिनेछ। प्रतिस्पर्धीलाई पछि पार्दै अघि बढ्ने अवसर मिल्नेछ। प्रेमसम्बन्धमा आत्मीयता बढ्नेछ। अध्ययन–अध्यापनमा प्रगति हुनेछ। दाजुभाइ तथा छिमेकीसँगको सम्बन्धमा सुधार आउनेछ। आफन्तसँगको सहकार्यमा गरिएको व्यापारबाट राम्रो आम्दानी हुन सक्छ। छोटो तथा रमाइलो यात्राले सकारात्मक परिणाम दिनेछ।

    मीन
    कार्य क्षेत्रमा तपाईंको बोली र अभिव्यक्तिको प्रभाव महत्वपूर्ण रहनेछ। सामाजिक तथा पारिवारिक सम्बन्ध अझ बलियो बन्नेछ। नातागोताको सहयोगले सुरु गरेका काम सहज रूपमा अघि बढ्नेछन्। व्यापारमा लगानी गरेर आर्थिक पक्ष बलियो बनाउन सकिनेछ। प्रेमका लागि समय अनुकूल छ। अध्ययनमा उत्कृष्ट प्रदर्शन गर्दै पुरस्कार तथा प्रशंसा प्राप्त गर्न सकिनेछ।

    तपाईंको आजको दिन शुभ रहोस्।
    – ज्योतिषी

    बुधवार, भाद्र १७ २०८३०६:३३:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार