मेष — काममा सफलता र सामाजिक क्षेत्रमा प्रशंसा मिल्नेछ। जागिरमा नयाँ अवसर तथा पदोन्नतिको योग छ। प्रेम र व्यापारमा पनि लाभ मिल्नेछ ।
वृष — बिहान स्वास्थ्यले साथ नदिन सक्छ। दिउँसोपछि आफन्तको सहयोगले रोकिएका काम बन्नेछन्। नयाँ जागिर र स्थानान्तरणको सम्भावना छ ।
मिथुन — व्यापार र पढाइमा सफलता मिल्नेछ। शुभ समाचारले उत्साह थप्नेछ। प्रेम सम्बन्ध बलियो बन्नेछ, तर दिउँसो खर्चमा सावधानी अपनाउनुहोला।
कर्कट — अध्ययनमा राम्रो नतिजा आउनेछ। आर्थिक सहयोग मिल्नेछ भने व्यापारबाट आम्दानी बढ्नेछ। प्रेममा भने सोचेर अघि बढ्नु राम्रो ।
सिंह — विरोधीलाई पछि पार्दै सफलता हात पार्न सकिनेछ। न्यायिक मामिलामा अनुकूल परिणाम मिल्नेछ। व्यवसायबाट राम्रो आम्दानी हुने योग छ।
कन्या — बिहान स्वास्थ्यमा समस्या आउन सक्छ। दिउँसोपछि अध्ययन र काममा सफलता मिल्नेछ। लगानीबाट लाभ तथा प्रेममा सुखद समय रहनेछ।
तुला — व्यापारबाट मनग्गे आम्दानी हुनेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ। दिउँसोपछि पारिवारिक दूरीले मन खिन्न बनाउन सक्छ।
वृश्चिक — पढाइमा सफलता र यात्राको अवसर मिल्नेछ। दाजुभाइको सहयोगले नयाँ काम अघि बढ्नेछ। प्रेम सम्बन्धमा नजिकिने समय छ।
धनु — बोलीकै प्रभावले काम बन्नेछ। परिवार र आफन्तको साथ मिल्नेछ। व्यापारमा लाभ तथा अध्ययनमा पुरस्कार र प्रशंसा पाउने योग छ।
मकर — बिहान अरूमाथि विश्वास गर्दा धोका हुनसक्छ। व्यापारमा आर्थिक दबाब देखिए पनि दिउँसोपछि सामाजिक क्षेत्रमा सम्मान पाइनेछ।
कुम्भ — व्यापारमा उल्लेख्य सुधार आउनेछ। अध्ययन र प्रेमका लागि समय अनुकूल छ। नयाँ अवसर आए पनि त्यसलाई सदुपयोग गर्न मेहनत गर्नुपर्नेछ।
मीन — आम्दानी बढ्ने संकेत छ। अग्रजको सुझावले नयाँ बाटो खुल्नेछ। प्रेम र पारिवारिक सम्बन्ध सुमधुर बन्नेछन्। यात्राको अवसर पनि मिल्न सक्छ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।