मेष — पढाइमा सुधार आउनेछ र मेहनतअनुसार राम्रो नतिजा हात लाग्नेछ। पारिवारिक जमघटमा सहभागी हुने तथा स्वादिष्ट भोजनको अवसर मिल्नेछ। काममा पदोन्नति वा नयाँ जिम्मेवारी प्राप्तिको योग छ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। व्यापार तथा लगानीबाट लाभ मिल्न सक्छ।
वृष — जीवनसाथीको सहयोगमा महत्वपूर्ण काम अघि बढ्नेछ। व्यापार तथा सेयर बजारमा सुधार आउनेछ भने कामको सिलसिलामा लामो यात्रा हुन सक्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। सवारीसाधन वा विलासी सामग्री प्राप्त हुने योग छ। अध्ययनमा पनि राम्रो प्रगति हुनेछ।
मिथुन — अध्ययन तथा प्रतिस्पर्धामा सफलता हात लाग्नेछ। शत्रु परास्त हुनेछन्। व्यापार तथा सेयर बजारबाट लाभ मिल्न सक्छ। पुराना ऋण तथा समस्याबाट राहत मिल्नेछ। आफन्तको सहयोग पाइनेछ। यात्रा, मनोरञ्जन र खानपानमा समय बित्नेछ।
कर्कट — थोरै प्रयासमै महत्वपूर्ण काम पूरा हुनेछन्। आर्थिक अवस्था बलियो बन्नेछ। चिट्ठा वा अप्रत्याशित रूपमा धन प्राप्तिको योग छ। पढाइका क्रममा लामो यात्रा हुन सक्छ। व्यापार तथा लगानीबाट लाभ मिल्नेछ भने नोकरीमा पदोन्नतिको सम्भावना छ।
सिंह — कृषि तथा पशुपालन व्यवसायबाट आम्दानी बढाउन सकिनेछ। घरजग्गाको कारोबारमा सुधार आउनेछ। अग्रजको सहयोगमा उत्पादनमूलक काम गर्न सकिनेछ। धार्मिक यात्रा तथा मनोरञ्जनको अवसर मिल्नेछ। कामको तनावबाट केही समय विश्राम लिन सकिनेछ।
कन्या — व्यापार तथा सेयर बजारको लगानीबाट राम्रो नाफा कमाउन सकिनेछ। सापटी दिएको रकम फिर्ता आउनाले आर्थिक अवस्था सहज हुनेछ। आफन्तबाट सहयोग पाइनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ र जीवनसाथीको साथ मिल्नेछ। न्यायिक मामिलामा अनुकूल परिणाम आउन सक्छ।
तुला — काउन्सेलिङ तथा मोटिभेसन क्षेत्रमा काम गर्नेहरूका लागि आम्दानीको राम्रो अवसर छ। व्यापार तथा लगानी विस्तार गर्न सकिनेछ। आफन्तबाट सुखद समाचार सुन्न पाइनेछ। प्रेम सम्बन्धका लागि दिन अनुकूल छ। पढाइमा मन जानेछ। सामाजिक तथा राजनीतिक क्षेत्रमा प्रतिष्ठा बढ्न सक्छ।
वृश्चिक — नयाँ प्रविधि र सामाजिक सञ्जालको प्रयोगबाट ज्ञान तथा क्षमता विस्तार हुनेछ। राजनीति तथा समाजसेवामा सक्रिय हुने अवसर मिल्नेछ। व्यापारबाट राम्रो आम्दानी हुन सक्छ। भौतिक सम्पत्तिको प्रयोगबाट प्रभाव बढ्नेछ। मनपर्ने वस्त्र तथा आभूषण उपहार पाइने सम्भावना छ।
धनु — अध्ययन तथा रोजगारीका लागि लामो यात्रा तय हुन सक्छ। विदेशी सामानको व्यापारमा सुधार आउनेछ। विदेशमा अध्ययन वा व्यवसाय गर्नेहरूका लागि समय अनुकूल छ। प्रेम तथा मित्रताको सम्बन्ध बलियो बन्नेछ। तर स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले खर्च तथा कर्जाप्रति सचेत रहनुहोला।
मकर — सहपाठी तथा प्रतिस्पर्धीलाई पछि पार्दै विशेष अवसर प्राप्त हुनेछ। मेहनतले ज्ञान र क्षमता बढाउनेछ। रोकिएका काम अघि बढ्नेछन्। पैतृक सम्पत्तिको सदुपयोगबाट आम्दानी बढाउन सकिनेछ। व्यापारमा दीर्घकालीन लाभको योजना सुरु गर्न सकिनेछ। प्रेम सम्बन्ध पनि सुमधुर बन्नेछ।
कुम्भ — पढाइमा मन जानेछ र अध्ययनकै क्रममा यात्रा हुन सक्छ। राज्य संयन्त्रमा रहेर काम गर्ने अवसर मिल्न सक्छ। नयाँ काम प्राप्ति वा नोकरीमा बढुवाको योग छ। शुभचिन्तकको सल्लाहले महत्वपूर्ण काममा सफलता मिल्नेछ। व्यापार तथा सेयर बजारमा गरिएको लगानीले भविष्यमा आम्दानीको स्रोत बन्न सक्छ।
मीन — समयले साथ दिनेछ। धर्म, अध्यात्म तथा व्यापारिक क्षेत्रमा प्रगति हुनेछ। धार्मिक तथा शैक्षिक यात्रा हुन सक्छ। पढाइमा सफलता मिल्नेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। राजनीति तथा सामाजिक काममा रुचि बढ्नेछ। व्यापार, सेयर बजार तथा उद्योगमा सुझबुझका साथ लगानी गरे लाभ मिल्न सक्छ।
तपाईंको दिन शुभ रहोस्।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।