काठमाडौं, भोटेकोशी–त्रिशूली बाढीले १०२ बालबालिकालाई आमाबुबाविहीन बनाएको छ । राष्ट्रिय बाल अधिकार परिषद्को प्रारम्भिक अध्ययन अनुसार बाढी प्रभावित क्षेत्रका ४९ बालिका र ५३ बालकले आमाबुबा दुवै गुमाएका छन् ।
परिषद्ले रसुवा,नुवाकोट, धादिङ,गोरखा,तनहुँ र चितवनका ३० वटा होल्डिङ सेन्टरमा गरेको अध्ययनअनुसार त्यहाँ १ हजार २३३ बालबालिका आश्रय लिएर बसेका छन् ।
तीमध्ये ४३९ बालबालिका अभिभावकबाट छुट्टिएका छन् भने ६९२ जना अभिभावकसँगै छन् । होल्डिङ सेन्टरमा रहेका २१ बालबालिका शारीरिक अपांगता भएका छन् ।
बाढीले विद्यालयमा पनि ठूलो क्षति पुर्याएको छ । प्रभावित क्षेत्रमा ३२ विद्यालयमा क्षति पुगेकोमा १९ वटा पूर्ण रूपमा ध्वस्त भएका छन् । ४८८ विद्यार्थी अझै बेपत्ता रहेको परिषद्को प्रारम्भिक विवरणमा उल्लेख छ ।
परिषद्का अनुसार भौगोलिक कठिनाइ र सडक अवरोधका कारण सबै प्रभावित क्षेत्रमा पुग्न नसकिएकाले बालबालिकासम्बन्धी वास्तविक क्षतिको विवरण अझै बढ्न सक्ने सम्भावना छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।