मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

सडक पुगे, घरघरमा धारा आए, गाउँको जीवनशैली नै बदलिँदै

सडक पुगे, घरघरमा धारा आए, गाउँको जीवनशैली नै बदलिँदै

युर्बसि पाैड्याल

१, आश्विन २०८३
  • 274
    SHARES

  • सडक पुगे, घरघरमा धारा आए, गाउँको जीवनशैली नै बदलिँदै

    सिन्धुपाल्चोक — बाह्रबिसे नगरपालिका ८ र आसपासका गाउँबस्तीमा पछिल्लो समय विकासका पूर्वाधार विस्तार हुँदै गएपछि स्थानीयको दैनिकी सहज बन्दै गएको छ ।

    केही वर्षअघिसम्म गाडी चढ्नकै लागि लामो दूरी हिँड्नुपर्ने अवस्था रहेको गाउँमा अहिले सडक विस्तार भएर घरआँगन नजिकैसम्म सवारीसाधन पुग्न थालेका छन् । सडक फराकिलो हुँदै गएपछि बाइक,स्कुटर तथा अन्य सवारीसाधनमार्फत गाउँबाट बजारसम्मको आवतजावतसमेत सहज बनेको छ ।

    खानेपानीका लागि टाढा धाउनुपर्ने बाध्यता घट्दै गएको छ । विभिन्न योजनामार्फत घरघरमै खानेपानीका धारा पुगेका छन् । खेतबारीमा सिँचाइको सुविधा विस्तार भएपछि कृषि कार्यमा पनि सहजता थपिएको छ ।

    सडक, खानेपानी र सिँचाइसँगै विद्यालय तथा शैक्षिक क्षेत्रमा पनि पूर्वाधार र प्रविधिको पहुँच बढिरहेको छ । कम्प्युटरलगायतका प्रविधि गाउँका विद्यालयसम्म पुग्न थालेपछि ग्रामीण क्षेत्रका बालबालिकाले पनि प्रविधिसँग जोडिने अवसर पाएका छन् ।

    सडक पुगेपछि गाउँको यात्रा छोटिएको मात्र छैन, दैनिक कामका लागि लाग्ने समयसमेत बचत हुन थालेको छ । कृषि उत्पादन बजारसम्म पुर्‍याउन,बिरामी पर्दा स्वास्थ्य संस्था पुग्न तथा आवश्यक कामका लागि बजार आउजाउ गर्न पहिलेको तुलनामा सहज भएको स्थानीय बताउँछन् ।

    हिजो गाडी चढ्न टाढा पुग्नुपर्थ्यो, आज घरकै नजिक सडक पुगेको छ । हिजो पानी लिन टाढा जानुपर्थ्यो, आज घरमै धारा छ। खेतमा सिँचाइ पुगेको छ, विद्यालयमा प्रविधि पुगेको छ ।

    बाह्रबिसे–८ का गाउँबस्तीमा सडक, खानेपानी, सिँचाइ, शिक्षा र प्रविधिको विस्तारसँगै ग्रामीण जीवनशैलीमा समेत परिवर्तन देखिन थालेको छ ।

    बिहिवार, आश्विन १ २०८३१२:३०:०६
    सम्बन्धित समाचार