सावधानीस्वरुप लकडाउन अपनाइएका कारण यतिबेला प्रायजसो सबै घरमा नै छन् । घरमा नै बसिरहँदा केहि न केहि खाईरहने बानी सबैमा हुन्छ । तर त्यसरी नियन्त्रणबाहिर रहेर खाँदा मोटोपनको समस्या आउन सक्छ ।
मोटोपन शरीर भद्धा देखाउने मात्रै होईन अन्य स्वास्थ्य समस्या निम्त्याउने भएको कारण पनि सबैको समस्याको विषय हो । बलिउड अभिनेत्री आलिया भट्ट स्लिम छिन् भन्ने त सबैलाई थाहा छ तर कसरी आफूलाई फिट राख्छिन् भन्नेमा धेरैलाई चासो हुन सक्छ ।
उनका अन्तर्वार्ताहरुमा आधारित रहेर हामीले उनको खानपानको विषय समेटेर एक सामाग्री यहाँ प्रस्तुत गरिएको छ ।
उनका ‘फिगरलाई’ लिएर पनि धेरै फ्यान प्रभावित भएका छन् ।
प्रायः सबैलाई हुन्छ कि, आफ्नो ज्यान पनि त्यस्तै फिट होस् ।
के गर्छिन् आलिया ?
आलिया हरेक दुई घण्टामा केही न केही खाने गर्छिन् । तर उनले खानामा भने ख्याल गर्ने गर्छिन् । त्यसकारण पनि उनी फिट देखिन्छिन् ।
आलिया बिहान उठ्नासाथ ब्रेकफास्टमा अम्लेट या ‘एग स्यान्डवीच’ खाने गर्छिन् । यसका अलावा उनले कहिलेकाहीं स्टिम्ड चिउरा पनि ब्रेकफास्टमा खाने गर्छिन् ।
नास्ता र खानाको बीचमा उनले आफूलाई मन पर्ने कुनै फलफुल सधै खाने गर्छिन्।
उनले अन्तर्वार्तामा भनेकी छिन् उनलाई जुस पनि उत्तिकै मन पर्छ । लन्चमा उनी उमालेको सब्जी खान्छिन् । त्यो सागमा तेल या घ्यू केही पनि राखिएको हुन्न ।
यसका अलावा उनले खानामा कहिलेकाहीं दूध पनि खान्छिन् । चिया खानुपरेमा सधै उनले दूध नहालेको चिया नै पिउने गर्छिन् ।
डिनरमा उनले सिजनल तरकारीसँग रोस्ट गरेको चिकेन या माछा खाने गर्छिन् । यसो गर्दा उनले आफूले फिट राखेको बताउँछिन् ।
उनको खानामा पिरो या स्वास्थ्यलाई असर पार्ने कुनै कुरा पनि हुँदैन ।
उनले मिडियामा भनेकी छिन्, ”सकारात्मक सोँच र नियमित खानपान तथा व्यायाम र योग फिट शरीरको राज हो ।”
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।