मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

तपाँईको आजः राशिफल

तपाँईको आजः राशिफल

मेगा खबर संवाददाता

२५, कार्तिक २०७७
  • 4.0K
    SHARES

  • तपाँईको आजः राशिफल

    मेष– (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
    आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

    वृष– (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 
    आज समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

    मिथुन– (का, कि, कु, घ, ङ, छ, के, को, हा) 
    आज धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । एकपछि अर्को अवसर आउनाले मनपनि प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ ।

    कर्कट– (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
    महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । लक्ष्मी प्रसन्न हुने योगछ ।

    सिंह– (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
    ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ । 

    कन्या– (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 
    आज सहकर्मीबाट विरोध आउला । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ । 

    तुला– (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 
    भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति छाउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ । 

    वृश्चिक– (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
    धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पारिवारिक जीवन र प्रणय सम्बन्धपनि सकारात्मक नै देखिन्छ ।

    धनु– (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 
    यात्रामा मालसामान हराउन सक्छ । स्वास्थ्यमा खर्च बढ्नेछ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । 

    मकर– (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) 
    आज शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको काम पुरा हुनेछ ।

    कुम्भ– (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 
    रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला ।

    मीन– (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । भूमिबाट लाभ रहला ।

     

    मंगलवार, कार्तिक २५ २०७७०८:१०:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार