काठमाडौं : नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता बनेका छन्। उनी टप टुमा पुगेर उपाधि जित्न भने सकेनन्। दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन्। फाइनल राउण्डमा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भइन्। दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो। उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन।अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली हुन्। काठमाडौंको रवीभवनमा जन्मेका २० वर्षीय दिवेश ६ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । उनी आफैं गीत रचना, संगीत तथा गाउने गर्छन् । उनले आफ्ना गीत तथा सिर्जना आफ्नै यु–ट्युब च्यानल आर्थर गनमार्फत सार्वजनिक गर्दै आएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।