मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

चाणक्य नीतिः यस्ता साथी नबनाउनुहोस् कहिल्यै

चाणक्य नीतिः यस्ता साथी नबनाउनुहोस् कहिल्यै

मेगा खबर संवाददाता

८, मंसिर २०७७
  • 6.5K
    SHARES

  • चाणक्य नीतिः यस्ता साथी नबनाउनुहोस् कहिल्यै

    एजेन्सी– जीवनमा साथीहरुको विशेष महत्त्व हुन्छ, एउटा यस्तो सम्बन्ध जुन हामी सहजै आफैं छानिरहेका हुन्छौँ । हामीले को हाम्रो साथी हुने, को हाम्रो साथी नहुने भन्ने तय गरेका हुन्छौँ । 

    चाणक्यले एउटा नीति यही विषयमा बनाएका पनि छन् । यदी हामीले यो नीतिलाई ध्यान दिने हो भने हामी पक्कै पनि धेरै समस्याहरुबाट बच्न सक्छौँ ।

         चाणक्य नीतिको दोस्रो अध्यायको पहिलो श्लोकमा लेखिएको छः

    परोक्षे कार्यहन्तारं प्रत्यक्ष प्रियवादिनम्।
    वर्जयेत्तादृशं मित्रं विषकुंभम् पयोमुखम्।।

     जो साथी हाम्रो अगाडि मीठो कुरा गर्छन् र हाम्रो पछाडि हाम्रैबारे गलत प्रचार गरिरहेका हुन्छन्, त्यस्ता साथीहरुलाई तत्काल छोड्नु पर्छ । यस्ता व्यक्तिहरुले हाम्रो अगाडि राम्रो कुरा वा प्रशंसा गरिरहेका हुन्छन् भने पछाडि अरु व्यक्तिहरुसँग हाम्रोबारे नै नराम्रो भनिरहेका हुन्छन् । यस्ता साथीहरुमा विष भरिएको हुने र त्यसले लामो समयसम्म नोक्सान पुग्ने चाणक्यले बताएका छन् ।

    चाणक्य नीतिको दोस्रो अध्यायको छैटौँ श्लोक

    न विश्वसेत् कुमित्रे च मित्रे चाऽपि न विश्वसेत्।
    कदाचित् कुपितं मित्रं सर्वं गुह्यं प्रकाशयेत्।।

     

    हामीले कुमित्र प्रति कहिल्यै भरोसा गर्नु पनि हुँदैन । यतिमात्र होइन, कोही असल मित्र छ भने पनि उस माथि हामीले पूर्ण रुपमा भरोसा मान्नुहुँदैन, भविष्यमा यस्ता साथीहरुसँग झगडा परेको खण्डमा आफ्नो सबै राज खोलिदिने भएकाले सचेत हुनु पर्ने चाणक्य नीतिमा उल्लेख गरिएको पाइन्छ । 

    सोमवार, मंसिर ८ २०७७०७:०१:२७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार