पोखरा, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रको माध्ययमबाट अर्थतन्त्रलाई समृद्ध बनाउन सकिने बताएका छन् ।
काठमाडौँ महानगरपालिका र रामग्राम नगरपालिका बिच अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापना गर्ने कार्यक्रममा सहभागी भई अध्ययन भ्रमणकै क्रममा पोखरा आइपुग्नु भएका प्रमुख शाक्यसहितको टोलीलाई स्वागतका लागि पोखरा महानगरपालिकाले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बताए ।
शाक्यले पर्यटन सम्वोधनका क्रमको माध्ययमबाट मुलुकको अर्थतन्त्रलाई उन्नत बनाउन समन्वय र अनुभव आदान–प्रदान आवश्यक रहेको पनि प्रष्ट पार्नुभयो । ‘मानव निर्मित सम्पदाले धनी काठमाडौँ सांस्कृतिक शहर हो । काठमाडौँ महानगरलाई मुर्त–अमुर्त सम्पदाले सुन्दर बनाएको छ,’ शाक्यले भने ‘पोखरा प्रकृतिको सुन्दरताले धनी छ । यी दुई महानरबिच प्रकृति र सम्पदाको प्रवद्र्धन र व्यवस्थापन गर्न सक्ने हो भने कोरोनाका कारण शिथिल बनेको पर्यटनलाई चलायमान बनाउँदै पर्यटनकै माध्ययमबाट मुलुकको अर्थतन्त्रलाई उँचो बनाउन सकिन्छ ।’
उहाँले काठमाडौँ भुगोलले सानो भए पनि जनघनत्व बढी भएकाले व्यवस्थापनमा चुनौति भएको भन्दै पोखराले अहिलेदेखि नै व्यवस्थित मानव बसोबासका लागि योजना बनाउनु पर्नेमा जोड दिए । ‘पोखराको भूगोल ठूलो छ । तर, जनसंख्या त्यो अनुपातमा कम छ । त्यसैले अहिलेदेखि नै पोखराले काठमाडौँँको अवस्थालाई हेरेर व्यवस्थित मानव बसोबासका लागि योजना बनाउन आवश्यक छ,’ शाक्यले भने, ‘दुबै सहरका लागि अव्यवस्थित बसाइँसराइ चुनौति बनेको छ ।
त्यसैले एकिकृत बस्ती विकासलाई सबै भन्दा बढी ध्यान सम्वोधन गर्दै शाक्यले कोभिड–१९ नियन्त्रण र रोकथामका लागि काठमाडौँ महानगरपालिकाले गरेका प्रयास, सहरी सुव्यवस्थाका लागि चालेका कदम र सम्पदा निर्माण–पुर्ननिर्माण, भौतिक पूर्वाधारलगायतका सन्र्दभका गरेका कामका बारेमा अवगत गराएका थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै पोखरा महानगरका मेयर मानबहादुर जिसीले काठमाडौँ महानगरपालिका संघीय राजधानीको महानगरपालिका भएकाले धेरै कुरा त्यहिबाट सिक्नु पर्ने भएकाले काठमाडौँ महानगरको अभिभावकीय भूमिका हुनुपर्नेमा जोड दिए । अहिले स्थानीय तहको भूमिकालाई कमजोर बनाउने प्रयास भएको भन्दै संघीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुनुपर्नेमा पनि उनले जोड दिएका छन् । ‘स्थानीय तहको भूमिकालाई बलियो बनाउन काठमाडौं महानगरपालिकाले नेतृत्व लिनुपर्छ,’ जिसीले भने, ‘दुरीको हिसावले काठमाडौँ र पोखरा टाढा छैनन । त्यसैले सांस्कृतिक सहर काठमाडौँ र प्रकृतिले सुन्दर पोखराले एक अर्काबाट धेरै कुरा आदन–प्रदान गर्न सक्छौँ । काठमाडौँ महानगरपालिकाकी उप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पनि सहयोग आदन–प्रदानमा जोडदिएका छन् ।
मेयर–मेयर र उपमेयर बिच कार्यक्रममा मायाको चिनो आदन–प्रदान गरिएको थियो । प्रमुख शाक्यले आँखीझ्याल उपहार दिनुभएको थियो भने प्रमुख जिसीले फेवातालमा माछापुच्छ्ररे छाँया टल्किरहेको फ्रेमसहितको नक्शा उपहार दिएको थियो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र पोखराका प्रमुख प्रशासकीय अधिकृत महेश बराल बिच पनि मायाको चिनो आदन–प्रदान भएको थियो । प्रमुख शाक्यको टोलीले आइतबार तानसेन नगरको पनि अवलोकन भ्रमण गरेको हुन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।