प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीद्वारा रचित नयाँ गीत ‘बन्छ नमूना नेपाल’ सार्वजनिक भएको छ । ‘स्वदेशमै रोजगारी स्वेशमै बास, रोजिँदैन प्रवास अब गर्ने देश विकास, खेर जान्नन् नदी नाला, बाँझा हुन्नन् डाँडापाखा, यो उर्वर सुन्दर देश’ बोलको गीत केपी ओलीले हालै दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउन त्रिभुवन शिक्षण अस्पतालमा बस्दा लेखेका हुन् ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् सङ्गीत विभाग प्रमुख समेत रहेका लोकप्रिय सङ्गीतकार प्राज्ञ अशोक राईले प्रधानमन्त्री ओलीको उक्त गीतमा सङ्गीत भरेका छन् । देशप्रेम, देश विकास र समृद्धिको सपना झल्किने उक्त गीत लोकप्रिय युवा गायक सञ्जय तुम्रोक र गायिकाद्वय दुर्गा परियार र श्रेयसी चेम्जोङको सुमधुर स्वरमा सजिएको छ । शब्द, सङ्गीत, गायन र दृश्यको बेजोड संयोजन रहेको उक्त गीत सङ्गीतकार राईको साङ्गीतिक समूह अन्तराको युट्युव च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।
बिदेशिएका जनशक्तिलाई स्वदेशमै फर्काएर यहीँ रोजगारी सृजना गरी देशविकासमा लगाउने भावधाराको यस गीतमा प्रधानमन्त्री ओलीको देश विकास र समृद्धिप्रतिको सुन्दर सपना र सङ्कल्प प्रष्टसँग कुँदिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।