मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

कोरोना जितेर घर फर्किईन अभिनेत्री निरिशा

कोरोना जितेर घर फर्किईन अभिनेत्री निरिशा

  • 2.5K
    SHARES

  • कोरोना जितेर घर फर्किईन अभिनेत्री निरिशा

    अभिनेत्री निरिशा बस्नेत कोरोना संक्रमणबाट मुक्त भएको उनका पिता एवं अभिनेता विश्व बस्नेतले बताएका छन् । विगत चार वर्षदेखि मुम्बईमा बसेर उतै भारतीय टेली चलचित्रमा अभिनय गर्दै आएकी अभिनेत्री निरिशा विगत दुई साताअघि कोरोनाबाट संक्रमित भएकी थिइन् ।

    त्यतिबेला श्वासप्रश्वासको समस्या भएपछि परीक्षण गर्न गएकी उनलाई परीक्षणको क्रममा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । त्यसपछि लगत्तै उनी अस्पताल भर्ना भएकी थिइन् । आफूसँगै बस्ने साथीमा कोरोना पोजेटिभ पाएपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो । त्यसपछि परीक्षण गर्दा कोरोना संक्रमित देखिएको उनले दुई साताअघि नै इन्स्टाग्राममार्फत बताएकी थिइन् ।

    आफ्नी छोरीले कोरोनालाई जितेर शुक्रबार बेलुका अस्पतालबाट डिस्चार्ज भएको बुबा विश्व बस्नेतले बताएका छन् । बस्नेतले शनिबार फेसबुकमा एउटा स्टाटस लेख्दै कोरोना जितेर छोरी घर फर्किएको बताएका छन् ।

    सोमवार, आषाढ ८ २०७७०७:२३:२८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार