मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

आधा मानिस र आधा रोबोट बनाउन सफल

आधा मानिस र आधा रोबोट बनाउन सफल

मेगा खबर संवाददाता

२३, चैत्र २०७७
  • 2.6K
    SHARES

  • आधा मानिस र आधा रोबोट बनाउन सफल

    प्रविधिको मामिलामा संसार निकै अघि बढिसकेको छ, प्रविधिको सहयोगले वैज्ञानिकले हालै आधा मानिस र आधा रोबोट बनाउन सफल भएका छन् ।

    जसलाई रोबोम्यान नाम दिईएको छ । बेलायतका एक वैज्ञानिकले आफूलाई रोबोम्यानको रुपमा बदलेका छन् । उनलाई संसारको पहिलो रोबोम्यान पनि भनिन्छ ।

    उनी डाक्टर पिटर स्कट मोर्गन हुन् । उनी ६२ वर्षका भए । आफूलाई जीवित राख्नका लागि उनले संसारसामु उदाहरण पेश गरेका छन् । डाक्टर पिटर मोटर न्युरोन नामक एक घातक बिमारीद्वारा पीडित थिए,  जसका कारण उनका  मांशपेशी काम नलाग्ने भइरहेका थिए  ।

    मोर्गनको शरीरका कैयन अंगले काम गर्न छोडेका थिए । यसका लागि उनले विज्ञानको सहारा लिए । अनि रोबोटिक्सको उपयोग गरेर आफ्नो जीवनलाई एक नयाँ रुप दिए ।

    पिटर मेशिनको सहायताले ती सबै काम गर्छन् जो एक स्वस्थ व्यक्तिले गर्छन् । पिटरलाई सन् २०१७ मा यो मांशपेशी सम्बन्धी रोग मोटर न्युरोन लागेको जानकारी दिए  । यसपछि सन् २०१९ मा उनले आफूलाई आधा मानव तथा आधा रोबोटको रुपमा परिणत गर्न शुरु गरे ।

    जसका कारण आज उनी जीवित मात्र छैनन् संसारका अगाडि एक उदाहरण समेत बनेका छन् । जीवनमा ज्ञान तथा प्रविधिको सहयोगले धेरै खराब कुरालाई बदल्न सकिन्छ,मोर्गन  भन्छन् ।  

    आधा मानव तथा आधा रोबोट बन्ने समयमा मोर्गनले यस्ता प्रविधि खोजे जुन अविश्वसनीय छ । उनले आर्टिफिसियल इन्टिलिजेन्सको मद्दतले 'बडी ल्याङ्गवेज' बताउने प्रविधिको खोजी गरे ।

    साथै उनले 'आइ–ट्रयाकिङ्ग' प्रविधिको पनि खोजी गरे । यसले कैयन  कम्प्युटरलाई  नियन्त्रण गर्न सक्छ । अहिले मोर्गन भेन्टिलटरबाटै सास फेरिरहेका छन् । उनलाई आधा मानव तथा आधा रोबोट बन्ने प्रेरणा भने साइन्स फिक्सन कमिकको क्यारेक्टर साइबोर्गबाट प्राप्त भएको छ ।

    साइबोर्ग आधा मानिस तथा आधा रोबोट हुन्छन् । ६५ वर्षीय आफ्नो श्रीमती फ्रान्सीससँग बस्दै आएका मोर्गन आफ्नो जीवनबाट एकदमै खुशी भएका छन् । स्राेत: www.newscrab.com

    सोमवार, चैत्र २३ २०७७०६:०९:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार