मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

प्रति के. जी १०० रुपैयाँ दिने जुगल गाउँपालिकाको निर्णय स्थानीय सलह टिप्न व्यस्त

प्रति के. जी १०० रुपैयाँ दिने जुगल गाउँपालिकाको निर्णय स्थानीय सलह टिप्न व्यस्त

मेगा खबर संवाददाता

१७, आषाढ २०७७
  • 3.1K
    SHARES

  • प्रति के. जी १०० रुपैयाँ  दिने जुगल गाउँपालिकाको निर्णय स्थानीय  सलह टिप्न  व्यस्त
       सिन्धुपाल्चोक जिल्लाको कर्णाली भनेर चिनिने जुगल गाउँपालिका वडा नं.-३ गुम्बाको बोल्देमा सलह किरा आइपुगेको छ । सलह किराले आफ्नो खेतबारीमा लगाएको अन्नबालीमा क्षति पुर्याउन थालेपछि बोल्देका स्थानीय बासीहरुलाई चिन्ता बढेको छ। सलह किराले दुख गरी आफ्नो मेहनत र परिश्रम गरेर लगाएको अन्नबालीको विरुवाहरु खान थालेपछि वर्ष भरी जिविकोपार्जन गर्न लगाएको अन्नबालीहरु मकै, कोदो, धान नष्ट भएपछि कृषकहरु मारमा परेका छन्।
     
    बोल्दे गाँउमा रहेको दुई हजार रोपनी क्षेत्रमा लगाएको मकै बाली तथा कोदो बालीलाई ठुलो क्षति पुर्याउने भएको छ । सलह किराले राती-राती अन्नबाली नष्ट नगर्ने र बिहान घाम लागेपछि वनस्पति र अन्नबालीको हरियो पातहरु सबै खाने रहेछ। स्थानीयबासीको अनुसार धेरै वर्ष अगाडि पनि सलह किरा आएको र त्यस समयमा खाने अन्न नभएर सलह किरालाई पकाएर खाएको भन्ने कुरा अनुसार अहिले पनि सलह किरा सामाइ पकाएर खान थालिएको छ ।
     
    यहि गतिमा सलह किराले अन्नबाली खाने हो भने एक हप्तामा बोल्दे गाँउको सबै अन्नबाली सखाप हुन्छ । यस सलह किरालाई केहि गरेर पनि लखेट्न नसकिने जबसम्म यस किराको आयु रहन्छ तबसम्म कसैको केहि नलाग्ने रहेछ, जसले गर्दा वडा र गाँउपालिकाले जनचेतना मुलक सन्देश प्रवाह गरी सबै किसान वर्गलाई आ-आफ्नो बारीमा सलह लखेट्नको निमित्त उत्प्रेरित गर्ने किसिमको योजना बनाउन आवश्यक रहेको स्थानीय शिक्षक श्री बोल्दे आधारभुत विधालयका शिक्षक जीत बहादुर तामाङले बताए ।
     
    केहि समय अगाडि बोल्देमा आलुखेतीमा पनि अमेरीकी फौजी किराले असर गरेको थियो र अहिले सलह किराको कारणले अन्नबालीहरु मकै, कोदो, धानमा क्षति गर्न थालेपछि निराशा छाएको छ। सलह किरालाई धपाउन र निर्मुल पार्नको निमित्त जुगल गाँउपालिकाले सुचना प्रकाशित गरेर डम्फु, थाल, बाजागाजा बजाएर धपाउने र सलह किरा समातेर ल्याएमा प्रति के.जी १  सय रुपिया दिने घोषणा गरेको जुगल गाउँपालिकाअध्यक्ष हाेम नारायणश्रेष्ठले मेगा खबरलाई बताएका छन् ।

     

    बुधवार, आषाढ १७ २०७७०९:२१:४९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार