मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ शव निकालियो

माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ शव निकालियो

मेगा खबर संवाददाता

२, आश्विन २०८३
  • 487
    SHARES

  • माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ शव निकालियो

    काठमाडौँ, रसुवाको भोटेकोसी बाढीपछि बेपत्ता भएकाहरूको खोजीका क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ जनाको शव निकालिएको छ ।

    आयोजनाका प्रतिनिधिसहितको उद्धार टोलीले सुरुङभित्र ढलानका लागि बुनिएको फलामे डन्डीको जालीमा अल्झिएको अवस्थामा शव फेला पारेको हो ।

    ग्राइन्डर, ग्यास कटर र रोटरी रेस्क्यु उपकरणको प्रयोग गरी सुरुङबाट ६ वटै शव बाहिर निकालिएको उद्धार टोलीले जनाएको छ ।

    सुरुङभित्र हिलोले पुरिएको अवस्थामा थप शवजस्तो आकृति पनि देखिएको छ। त्यस क्षेत्रमा थप खोजी तथा उद्धार जारी रहेको छ ।

    गत भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–१ आयोजनासँग सम्बन्धित केही व्यक्ति सम्पर्कविहीन भएका थिए ।

    शुक्रवार, आश्विन २ २०८३०१:०४:२९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार