मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

जलवायु कूटनीतिलाई नयाँ ढङ्गले अघि बढाउँदै सरकार, परराष्ट्रमा खुल्यो छुट्टै शाखा

जलवायु कूटनीतिलाई नयाँ ढङ्गले अघि बढाउँदै सरकार, परराष्ट्रमा खुल्यो छुट्टै शाखा

मेगा खबर संवाददाता

४, आश्विन २०८३
  • 46
    SHARES

  • जलवायु कूटनीतिलाई नयाँ ढङ्गले अघि बढाउँदै सरकार, परराष्ट्रमा खुल्यो छुट्टै शाखा

    काठमाडौं, जलवायु परिवर्तन र वातावरण संरक्षणसम्बन्धी कूटनीतिक पहललाई थप प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ ।

    मन्त्रालयका अनुसार बढ्दो जलवायु परिवर्तन र त्यसबाट नेपालमा परिरहेको प्रभावलाई ध्यानमा राख्दै शाखा स्थापना गरिएको हो । सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) का आधारमा संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत संघसंस्था महाशाखाअन्तर्गत ‘आर्थिक, सामाजिक विकास तथा वातावरण कूटनीति शाखा’ रहने व्यवस्था गरिएको छ । शाखाको नेतृत्व उपसचिवले गर्नेछन् ।

    नयाँ शाखाले जलवायु तथा वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय कूटनीतिक पहलमा सहजीकरण गर्नुका साथै सम्बन्धित राष्ट्रिय निकायसँग समन्वय गर्नेछ ।

    परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु कूटनीतिलाई अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागितामा मात्र सीमित नगरी दीर्घकालीन र संस्थागत प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।

    उनका अनुसार नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा जलवायु कूटनीतिमा सक्रियता देखाउँदै आए पनि अब त्यसलाई थप व्यवस्थित र संस्थागत बनाउन आवश्यक छ ।

    मन्त्री खनालले हाल शाखामार्फत काम अघि बढाइने र आवश्यकता तथा कार्यबोझ बढ्दै गए भविष्यमा यसको संस्थागत संरचना थप सुदृढ गर्न सकिने बताए। जलवायु परिवर्तन र विपद्सँग सम्बन्धित विषयमा मात्र नभई नियमित रूपमा जलवायु कूटनीतिका प्राथमिकता र पहल अघि बढाउनुपर्ने उनको भनाइ छ ।

    आइतवार, आश्विन ४ २०८३०२:०१:५२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार