काठमाडौं, रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट आज थप ११ वटा शव फेला परेको छ।
नेपाली सेनाका अनुसार जालीमा अल्झिएको र हिलोमा दबिएको अवस्थामा ती शव फेला परेका हुन्। उद्धार टोलीले सबै शव सुरुङबाट बाहिर निकालेको छ ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजीका क्रममा उक्त सुरुङमा निरन्तर खोजी भइरहेको छ ।
सेनाका अनुसार सुरुङभित्र थप खोजी तथा उद्धार कार्य जारी छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।