मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

यो कार्यक्रमको झलक देख्दा लाग्छ काठमाडौंमा कोरोनाको कुनै प्रभाव छैन

यो कार्यक्रमको झलक देख्दा लाग्छ काठमाडौंमा कोरोनाको कुनै प्रभाव छैन

मेगा खबर संवाददाता

१९, आषाढ २०७७
  • 2.5K
    SHARES

  • यो कार्यक्रमको झलक देख्दा लाग्छ काठमाडौंमा कोरोनाको कुनै प्रभाव छैन
    काठमाण्डौं । आज ए वान क्याफे चाबहिलमा भएको यो कार्यक्रमको झलक देख्दा लाग्छ काठमाडौंमा कोरोनाको कुनै प्रभाव छैन योे कुराको सहजै अनुमान गर्न सकिन्छ कार्यक्रममा खिचिएको तस्विरबाट, तर हाल मुलुकको अवस्था भने यस्तो छैन ।
    No description available.
    विश्वव्यापी माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको कारण मुलुक आक्रान्त बनेको छ । दिनानुदिन संक्रमण र सोको कारणबाट मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । सरकारले लकडाउनको घोषणा गरी सामूहिक जमघट र कुनै पनि भेला तथा कार्यक्रम गर्न निषेध गरेको छ । यसलाई उल्लंघन गर्दै दैनिक जसो विभिन्न कार्यक्रम तथा जमघट हुने गरेको समाचारहरु आइरहेका छन ।
     
    यसैको पछिल्लो उदाहरण बनेको छ आज ए वान क्याफे चाबहिलमा भएको यो कार्यक्रम । कार्यक्रममा काठमाडौंको कपनमा संचालित १६ वटा कोल्ड स्टोर व्यावसायीहरुको अगुवाइमा उपत्यकाभरी संचालित कोल्डस्टोर व्यावसायीहरुको सहभागिता रहेको थियो । पोल्ट्री व्यावसाय अन्तर्गत पर्ने कोल्ड स्टोर संचालन तथा व्यवस्थापनमा बिगतमा भएका कमी कमजोरी, वर्तमान समस्या र समाधानका साथै भावि योजना माथि छलफल गर्नका लागि भेला आयोजना गरिएको बताउदै आयोजक समितिका सदस्य विष्णु खड्काले कार्यक्रम गर्नु बाध्यता रहेको बताए । तर यस्तो कुनै पनि कार्यक्रम गर्नको लागि खुल्ला नभएको कपन प्रहरी प्रभागका प्रहरी निरीक्षक शेखरजंग मल्ल बताउछन् ।
     
     
     
     
     

    शुक्रवार, आषाढ १९ २०७७०७:४२:४९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार