मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

बझाङमा पहिरोले बस्तीका १७ घर बगायो, ७ जना बेपत्ता

बझाङमा पहिरोले बस्तीका १७ घर बगायो, ७ जना बेपत्ता

मेगा खबर संवाददाता

२०, आषाढ २०७७
  • 1.7K
    SHARES

  • बझाङमा पहिरोले बस्तीका १७ घर बगायो, ७ जना बेपत्ता

    बझाङको केदास्युँ गाउँपालिका-८, मल्लेसीमा गएराती बस्ती नै बगाउने गरी चलेको पहिरोमा हराइरहेका ७ जना स्थानीयको खोजी भइरहेको छ। 

    पहिरोले बस्तीका १७ घर बगाएको छ। हेर्दा निकै माथिबाट खसेको पहिरो बस्तीको बीचमै परेको देखिन्छ।  उद्धारका लागि प्रहरी टोली मलेसीतर्फ गएको छ। तर अविरल वर्षाका कारण खोलामा पानीको सतह बढेको र पहिरोले बाटो पनि बगाएको स्थानीयले जानकारी दिएका छन्।

    सिंगो बस्ती नै पहिरोको चपेटामा परेको र करिब तीन दर्जन घरहरू रहेको बस्तीमा पहिरो चलेको बताइएको छ। पहिरो गएको स्थानमा पुग्न जयपृथ्वी राजमार्गबाट झण्डै पाँच घन्टा उकालो चढ्नुपर्छ।

    शनिवार, आषाढ २० २०७७११:१३:२८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार