मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

हावाको माध्यमबाट काेराेना सङ्क्रमण हुन सक्छ : सीडीसी

हावाको माध्यमबाट काेराेना सङ्क्रमण हुन सक्छ : सीडीसी

मेगा खबर संवाददाता

२५, बैशाख २०७८
  • 1.5K
    SHARES

  • हावाको माध्यमबाट काेराेना सङ्क्रमण हुन सक्छ : सीडीसी

    काठमाण्डाै, अमेरिकाको स्वास्थ्य सम्बन्धी नियामक निकायले हावाको माध्यमबाट पनि कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने सम्भावना रहेको बताएका छन् ।

    अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले हावाको माध्यमबाट पनि भाइरस सर्ने सम्भावना रहेको बताएको छ । स्वास फेर्ने क्रममा हावामा रहेका कोरोना भाइरसयुक्त कणहरुका कारण सङ्क्रमण फैलिन सक्ने सीडीसीको निर्देशिकामा समेत भनिएको छ ।

    सङ्क्रमित व्यक्तिबाट ६ फीटको दूरीमा रहे अरुको शरीरमा भाइरस आउन सक्ने सीडीसीले चेतावनी दिएको छ ।

    भाइरसलाई छोएको हात वा कोरोना भाइरसयुक्त ओसिला कण मुख, नाक र आँखाको सम्पर्कमा आएमा सङ्क्रमण हुन सक्ने सीडीसीले जनाइएको छ ।

    शनिवार, बैशाख २५ २०७८०९:०६:२९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार