काठमाडौँ, नेपालमा जापानी इन्सेफ्लाइटिस (जेई) संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । स्वास्थ्य सेवा विभागका अनुसार सातै प्रदेशका ३६ जिल्लामा अहिलेसम्म १२१ जनामा संक्रमण पुष्टि भएको छ ।
मृत्यु हुनेमध्ये सबैभन्दा धेरै ६ जना झापाका छन् । त्यस्तै सुनसरी, सप्तरी, पर्सा, कैलाली र अर्घाखाँचीमा २–२ तथा अन्य जिल्लामा १–१ जनाको मृत्यु भएको छ ।
मृतकमध्ये १४ महिला र १२ पुरुष छन् । ७७ प्रतिशत मृतक ५० वर्षभन्दा माथिका रहेको प्रतिवेदनमा उल्लेख छ ।
चिन्ताजनक तथ्यका रूपमा जेई संक्रमणबाट मृत्यु भएका सबै २६ जनाले खोप नलगाएको पाइएको छ। हाल ५६ जना संक्रमित उपचाररत छन् ।
धानखेत तथा सुँगुर–बङ्गुर फार्म आसपास बस्ने र खोप नलगाएका व्यक्तिमा संक्रमणको जोखिम बढी रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।