मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

स्थानीय तहमा निःशुल्क औषधि उपलब्ध गराउन परिपत्र

स्थानीय तहमा निःशुल्क औषधि उपलब्ध गराउन परिपत्र

मेगा खबर संवाददाता

५, भाद्र २०८३
  • 379
    SHARES

  • स्थानीय तहमा निःशुल्क औषधि उपलब्ध गराउन परिपत्र

    काठमाडौँ, स्थानीय तहअन्तर्गतका स्वास्थ्य संस्थामा निःशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको अभाव हुन नदिन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरेको छ ।

    मन्त्रालयले आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूचीसहित त्यसको व्यवस्थापनसम्बन्धी विवरण सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहमा पठाएको हो ।

    परिपत्रमार्फत स्थानीय तहलाई तोकिएको जिम्मेवारी अनुसार औषधि तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन गरी वर्षभरि औषधिको उपलब्धता सुनिश्चित गर्न आग्रह गरिएको छ ।

    स्थानीय तहले आफ्ना मातहतका स्वास्थ्य संस्थामा आवश्यक औषधिको खरिद, भण्डारण र निःशुल्क वितरणलाई व्यवस्थित गर्नुपर्नेछ । मन्त्रालयले आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक विभिन्न औषधिसँगै मेडिकल सामग्रीको विस्तृत सूचीसमेत पठाएको जनाएको छ ।

    शुक्रवार, भाद्र ५ २०८३०३:२७:५९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार