काठमाडौँ, निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारका लागि विशेष ओपीडी सेवा सञ्चालन गर्ने भएको छ ।
अस्पतालले प्रत्येक आइतबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म विशेष ओपीडी सञ्चालन गर्न लागेको हो ।
विशेष ओपीडीमा इन्टरनल मेडिसिन, फेमिली मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, नाक–कान–घाँटी, रेडियोलोजी र प्याथोलोजी लगायतका सेवा उपलब्ध हुनेछन् ।
अस्पतालकी सूचना अधिकारी श्रीरञ्जना नेपालका अनुसार कर्मचारी र परिवारका सदस्यले उपचारका लागि लामो समय लाइन बस्नुपर्ने अवस्था नहोस् र सहज रूपमा स्वास्थ्य सेवा पाउन सकून् भन्ने उद्देश्यले विशेष ओपीडी सञ्चालन गर्न लागिएको हो ।
अस्पतालले आगामी दिनमा आवश्यकताअनुसार थप विशिष्टीकृत सेवा पनि विस्तार गर्ने जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।