गर्भवती भएको बेला महिलाहरूलाई धेरै पानी पिउन मन लाग्छ, शरीरमा पानीको स्तर कायम राख्न गर्भवती महिलाले धेरै पानी पिउनुपर्ने पनि हुन्छ ।
घरबाट बाहिर निस्केको बेलामा उनीहरू बोतलमा पानी भरेर लैजान्छन् । तर प्लास्टिकको बोतलबाट पानी पिउनु हानिकारक हुन्छ । एक अध्ययनका अनुसार गर्भवती महिलाले प्लास्टिकको बोतलबाट पानी पिउँदा गर्भको बच्चालाई समेत नराम्रो असर पुग्नेछ ।
प्लास्टिकले महिलाहरूमा हर्मोन परिवर्तन गराउँछ जसका कारण बच्चालाई असर पर्छ । क्यानाडाको युनिभर्सिटी अफ ओटावाले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनका अनुसार प्लास्टिकको बोतल बनाउँदा प्रयोग गरिने बिसफेनलले गर्भवती महिलाको भोक नियन्त्रण गर्ने हर्मोनमा असर गर्नेछ ।
लामो समयसम्म प्लास्टिकको बोतलबाट पानी पिउँदा महिलाहरूलाई कम भोक लाग्छ र उचित भोजनको अभावमा गर्भमा रहेको बच्चालाई पोषण पुग्दैन ।
बच्चाको मानसिक विकासमा पनि यसले नराम्रो असर गर्छ । बिसफेनल रसायनले गर्भवती महिलाको शरीरमा ऊर्जा र हर्मोनको सन्तुलनलाई प्रभावित गर्छ । गर्भवती महिलामा अनावश्यक परिवर्तन आउँछ र त्यसको प्रभाव बच्चामा पर्छ ।
यसअघि लन्डन विश्वविद्यालयको कलेजले गरेको अनुसन्धानले पनि प्लास्टिकको बोतलमा पानी हालेर घाममा छोड्दा त्यो विषालु हुने देखाएको थियो । यस्तो पानी पिउँदा पेट सम्बन्धी रोगका साथ साथै क्यान्सरको पनि खतरा हुन्छ । एजेन्सीको सहयोगमा
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।