मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

जाडोमा कोरोनाको तेस्रो लहर शुरु हुनसक्ने विज्ञहरुको चेतावनी

जाडोमा कोरोनाको तेस्रो लहर शुरु हुनसक्ने विज्ञहरुको चेतावनी

  • 2.7K
    SHARES

  • जाडोमा कोरोनाको तेस्रो लहर शुरु हुनसक्ने विज्ञहरुको चेतावनी

    काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर चलिरहँदा विज्ञहरुले तेस्रो लहर पनि चल्ने भन्दै तयारी थाल्न सुुझाव दिइरहेका छन् ।

    कोरोना संक्रमणको पहिलो लहर सकिएपछि दोस्रोको तयारी नगर्न अहिले क्षति व्यहोर्नुपरेको भन्दै विज्ञहरुले सम्भावित तेस्रो लहरसँग सामना गर्न तयारी थाल्नुपर्नेमा जोड दिएका छन् । 

    कोरोनाभाइरस चाँडचाँडै स्वरुप परिवर्तन गरिरहेको भन्दै उनले नेपालमा पनि तेस्रो लहर चाँडै सुरु हुन सक्ने बताएका छन् । भारतलगायत विश्वभरकै तथ्यांकलाई आधारमा मानेर विज्ञहरुले नेपालमा अक्टोबरनोभेम्बरमा कोरोनाको तेस्रो लहर आउने दाबी गरेका छन् । 

    पहिलो लहरमा जेष्ठ नागरिक प्रभावित भएका र अहिले चलिरहेको दोस्रो लहरमा १८ देखि ४० वर्ष समूहका बढी प्रभावित भएको भन्दै विज्ञहरुले अब तेस्रो लहरमा खोप नलगाएका व्यक्ति र बालबालिका उच्च जोखिममा पर्ने चेतावनी दिएका छन् । 

    पहिलो लहरमा संक्रमितमध्ये बालबालिका २ प्रतिशतभन्दा कम र दोस्रो लहरमा १० प्रतिशत बालबालिका संक्रमित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार तेस्रो लहरमा बालबालिकासहित खोप नलगाएकाहरू बढी जोखिममा पर्न सक्नेछन् । 

    यता विज्ञहरुले भने सबै व्यक्तिलाई खोप लगाउन सकिने बालबालिकालाई जोगाउन सकिने पनि सुुझाव दिएका छन् ।

    उनीहरुका अनुसार मुलुकभर कम्तिमा ४० देखि ६० प्रतिशतलाई दुवै डोज कोरोनाविरुद्धको खोप लगाउन सकिएमा बालबालिकालाई जोगाउन सकिने छ ।

    तर, पहिलो डोज लगाएका लाखौं दोस्रो डोजको पर्खाइमा रहेका बेला अक्टोबरसम्ममा ६० प्रतिशत नागरिकलाई दुवै डोजको खोप लगाउने सम्भावना निकै कम देखिन्छ । 

    कसरी बच्ने?

    मास्क लगाउने

    कोरोना संक्रमणबाट जोगिन मास्कको उचित उपयोग अत्यन्त प्रभावकारी देखिएको छ । मास्क नलगाई कुराकानी गर्दा मुखबाट निस्किने थुकको छिटा करिब ६ फिटसम्म जान सक्छ ।

    मास्क लगाएको अवस्थामा भने दुई–तीन इन्चभन्दा टाढा जाने नदेखिएकाले संक्रमणको जोखिम मास्कले करिब ९० प्रतिशतसम्म घटाउँछ ।

    हात सफा राख्ने

    हाम्रो शरीरमा धेरैजसो रोग प्रवेश गर्ने माध्यम नै फोहोर हात हो । कोरोना भाइरस मुख्य रूपमा मुख र नाकको माध्यमले शरीरमा प्रवेश गर्छ । हातले बारम्बार मुख छुने, नाक कोट्याउने बानी गर्नु हुँदैन । समय–समयमा साबुनपानीले हात धुने वा सेनिटाइज गर्ने बानीले संक्रमण हुनबाट जोगाउँछ ।

    खुला ठाउँमा बस्ने

    संक्रमणबाट जोगिन घर, कार्यस्थल तथा बाहिर कतै बस्दा हावाको ओहोरदोहोर हुने अवस्था सुनिश्चित गर्नुपर्छ । बन्द कोठामा एक जना संक्रमितबाट धेरैमा संक्रमण हुने जोखिम रहन्छ । सुत्ने, बस्ने, काम गर्ने कोठामा निरन्तर स्वच्छ हावाको ओहोरदोहोर हुने व्यवस्था मिलाउनुपर्छ ।

    दूरी कायम राख्ने

    अर्को व्यक्तिसँगको न्यूनतम एक मिटरको दूरी कायम राखे संक्रमित हुनबाट जोगिन सकिन्छ । स्वस्थ देखिने व्यक्तिसँग समेत दूरी कायम राख्नुपर्छ ।

    मंगलवार, जेठ ४ २०७८०४:०८:१३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार