मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

सोमबारसम्म देशभर वर्षा, सतर्क रहन मौसमविद्को आग्रह

सोमबारसम्म देशभर वर्षा, सतर्क रहन मौसमविद्को आग्रह

मेगा खबर संवाददाता

२६, आषाढ २०७७
  • 2.6K
    SHARES

  • सोमबारसम्म देशभर वर्षा, सतर्क रहन मौसमविद्को आग्रह

    काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मनसुन सोमबारसम्म कायम रहने भएको छ । बिहीबारदेखि सक्रिय मनसुन सोमबारसम्म रहने भएकाले अबको चारदिन सतर्क रहन मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो ।

    मौसमविद्का अनुसार यस वर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिहरेकाले जमिन गली सकेको हुनाले केही समयको हल्कादेखि मध्यम वर्षाले पनि बाढी, डुबान र पहिरोको जोखिम बढेको छ । विशेष गरी प्रदेश १, २, वागमती र गण्डकी प्रदेशमा धेरै वर्षा हुने मौसमविद्को अनुमान छ ।

    हाल देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशैभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    शुक्रवार, आषाढ २६ २०७७११:४६:२४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार