सिन्धुपाल्चोक । बिहिबार रातिदेखि परेको अविरल वर्षापछि जुगल गाउँपालिकाको बिभिन्न ठाउँमा बाढी पहिरो कारण जनजिवन कष्ठकर बनेकोछ ।
लिदीमा बिहिबार गएको पहिरोले माथिल्लो बलेफी हाईड्रोपावर कम्पनीको ईन्टेक समेत पुरिएका छ । त्यसै गरी सोही गा. पा. वडा नं. ३ नाम्फा गाउँ उच्च जोखिममा परेको छ । अन्य केही स्थानहरुमा गएको पहिरोले १ वटा गोठ र गोठमा रहेको बस्तुभाउ समेत पुरिएको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
जुगल गाउँपालिका वडा नं. ३ नाम्फाको १८ घर उच्च जोखिम परेको छ । बस्तीको दुबैतर्फबाट आएको पहिरोको कारण जोखिममा परेको हो । बस्तीमा रहेको ३५ भन्दा बढी ब्यक्ति अलपत्र परेका छन् । अलपत्र परेकाहरुको उद्दार गर्ने तयारीमा रहेको मौसम प्रतिकुलको कारण कठिनाई भइरहेको गा. पा. अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी, बिहिबार देखि आएको अविरल वर्षापछि उर्लेको (बलेफी खोला) ब्रम्हायणी नदीको कारण बलेफी गा. पा. का पुरानो ऐतिहासिक बस्ती जलिबरे बजार, सिम्ले, बलेफी बजारमा समेत जोखिम बढेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।