मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

दुई दिनदेखि सिमकोट बजार अन्धकारमय

दुई दिनदेखि सिमकोट बजार अन्धकारमय

मेगा खबर संवाददाता

३०, आषाढ २०७७
  • 3.4K
    SHARES

  • दुई दिनदेखि सिमकोट बजार अन्धकारमय
     

    विद्युत्गृहको यन्त्रमा खराबी आएपछि आइतबारदेखि हुम्ला सदरमुकाम सिमकोटसहित आसपासका गाउँ अन्धकारमय बनेका छन् । 

    जिल्ला सदरमुकाम सिमकोटलगायत खार्र्पुनाथ र सिमकोट गाउँपालिकामा विद्युत आपूर्ति गर्दै आएको ५०० किलोवाट क्षमताको हिल्दुम साना जलविद्युत् आयोजनाको विद्युत् बन्द भएको हो । यसले गर्दा दुई गाउँपालिकाका करीब १८  घरधुरीका सेवाग्राही प्रत्यक्ष मर्कामा परेका छन् ।

    आयोजनाको विद्युत्गृहमा रहेका दुई यन्त्रमा खराबी आएपछि विद्युत् उत्पादन नहुँदा सिमकोटलगायत गाउँ अन्धकार भएको हिल्दुम साना जलविद्युत् आयोजनाको वितरण केन्द्र सिमकोटले जनाएको छ ।  

    सिमकोटमा  विद्युत् अवरुद्ध भएपछि असार मसान्तमा विकासे बजेट भुक्तानी गरिरहेका जिल्लाका सरकारी कार्यालयलाई काम गर्न समस्या भएको छ ।

    अनलाइनमार्फत भुक्तानीको व्यवस्था भएकाले बत्ती अनिवार्य  भएकाले काममा सास्ती भएको चंखेली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले जानकारी दिए । 
      
    जिल्लाका सात स्थानीय तहमध्ये पाँच तहका पदाधिकारी आयोजनाको रकम भुक्तानीका लागि सदरमुकाम सिमकोटमा आएको तर विद्युत् नहुँदा अनलाइन भुक्तानी दिन समस्या भएको कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाले जनाएको छ ।

    यस्तै विद्युत् अवरुद्ध हुँदा जिल्ला अस्पतालमा एक्सरे, भिडियो एक्सरेलगायत विद्युतीय माध्यमबाट हुने सम्पूर्ण काम ठप्प भएको अस्पतालका डा टसीआन्जुक लामाले जानकारी दिए । 

    मंगलवार, आषाढ ३० २०७७११:५५:४९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार