मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

एमसीसी प्रोजेक्टका सन्दर्भमा केही प्रश्नहरू उठे र ती गम्भीर ढङ्गले उठे: प्रचण्ड

एमसीसी प्रोजेक्टका सन्दर्भमा केही प्रश्नहरू उठे र ती गम्भीर ढङ्गले उठे: प्रचण्ड

  • 2.1K
    SHARES

  • एमसीसी प्रोजेक्टका सन्दर्भमा केही प्रश्नहरू उठे र ती गम्भीर ढङ्गले उठे: प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीकै कारणले गठबन्धन नटुट्ने बताए ।

    बिहीवार अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले भन्नुभयाे, ‘मानौँ अप्ठ्याराे नै पर्‍याे भने  एमसीसीकै कारणले गठबन्धन टुट्छ भन्ने मलाई लागेको छैन । टुट्दैन । त्यति कारणले टुट्न पनि हुँदैन र टुट्दैन, टुट्न पनि दिइँदैन ।

    उहाँले आजकै देशको परिस्थितिमा विदेशी सहायता वा अनुदानलाई अस्वीकार गर्ने ठाउँमा नरहेकाे बताउनुभयाे । अध्यक्ष प्रचण्डले अनुदानको रूपमा देशकाे भाैतिक पूर्वाधार निर्माणको निम्ति आउने सहयोगलाई भने खुसीसाथ स्वीकार्नुपर्छ भन्नुभयाे । 

    उहाँले एमसीसीबारे केही प्रश्न उठेकाले त्यसबारेमा दलहरूबीच समझदारी हुनुपर्ने र आवश्यक परे संशाेधन पनि गर्नुपर्ने बताउनुभयाे ।

    उहाँले भन्नभयाे, ‘एमसीसी प्रोजेक्टका सन्दर्भमा केही प्रश्नहरू उठे र ती गम्भीर ढङ्गले उठे । पहिलो कुरा त यो विषयमा जहाँनेर त्रुटि भएका छन्, जुन–जुन प्रावधानले हामीलाई अप्ठ्याराे पार्ने जस्तो छ, ती प्रावधान सच्याइनुपर्‍याे ।

    त्यसलाई स्पष्ट पारिनुपर्‍याे । जरुरी पर्दा संशोधन पनि गर्नुपर्‍याे । यो विषय अलि गम्भीर र संवेदनशील भइ नै सकेको हुनाले राजनीतिक दलहरूको बीचमा पनि अधिकतम समझदारीको प्रयास गर्नुपर्‍याे ।’

     

    बिहिवार, पौष ८ २०७८०४:३१:४४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार