मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

बागमतीमा ६ मन्त्री नियुक्त, सरल सहयात्रीलाई अर्थ मन्त्रालयको जिम्मेवारी

बागमतीमा ६ मन्त्री नियुक्त, सरल सहयात्रीलाई अर्थ मन्त्रालयको जिम्मेवारी

मेगा खबर संवाददाता

४, भाद्र २०८३
  • 1.4K
    SHARES

  • बागमतीमा ६ मन्त्री नियुक्त, सरल सहयात्रीलाई अर्थ मन्त्रालयको जिम्मेवारी

    काठमाडौँ, बागमती प्रदेश सरकारमा ६ जना मन्त्री नियुक्त भएका छन् । नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

    नयाँ सरकारमा सरल सहयात्रीले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् । सत्तारुढ गठबन्धनमा रहेका एमाले, नेकपा र राप्रपाबाट मन्त्री नियुक्त गरिएको हो ।

    एमालेबाट भरतबहादुर केसी र ज्ञानबहादुर तामाङ, नेकपाबाट सरल सहयात्री तथा राप्रपाबाट गिरबहादुर तामाङ, राजु विष्ट र राजेन्द्र प्रजापति मन्त्री बनेका छन् ।

    मन्त्रीमध्ये भरतबहादुर केसीलाई भौतिक पूर्वाधार विकास, सरल सहयात्रीलाई आर्थिक मामिला तथा योजना, गिरबहादुर तामाङलाई स्वास्थ्य तथा सामाजिक, राजु विष्टलाई खानेपानी, ऊर्जा तथा सिँचाइ तथा राजेन्द्र प्रजापतिलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    एमालेका ज्ञानबहादुर तामाङलाई भने विनाविभागीय मन्त्री बनाइएको छ । बागमती प्रदेशका आठ मन्त्रालयमध्ये कृषि, पशुपन्छी, वन तथा वातावरण र आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय मुख्यमन्त्री थापा आफैँले राखेका छन् ।

    बिहिवार, भाद्र ४ २०८३०६:२२:१५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार