मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

बागमतीमा ६ मन्त्री नियुक्त, मुख्यमन्त्रीले राखे दुई मन्त्रालय

बागमतीमा ६ मन्त्री नियुक्त, मुख्यमन्त्रीले राखे दुई मन्त्रालय

मेगा खबर संवाददाता

४, भाद्र २०८३
  • 352
    SHARES

  • बागमतीमा ६ मन्त्री नियुक्त, मुख्यमन्त्रीले राखे दुई मन्त्रालय

    काठमाडौँ, बागमती प्रदेश सरकारमा ६ जना मन्त्री नियुक्त भएका छन् । नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

    सत्तारुढ गठबन्धनमा रहेका एमाले,नेकपा र राप्रपाबाट मन्त्री नियुक्त गरिएको हो । एमालेबाट भरतबहादुर केसी र ज्ञानबहादुर तामाङ,नेकपाबाट सरल सहयात्री तथा राप्रपाबाट गिरबहादुर तामाङ,राजु विष्ट र राजेन्द्र प्रजापति मन्त्री बनेका छन् ।

    नवनियुक्त मन्त्रीमध्ये भरतबहादुर केसीलाई भौतिक पूर्वाधार विकास, सरल सहयात्रीलाई आर्थिक मामिला तथा योजना, गिरबहादुर तामाङलाई स्वास्थ्य तथा सामाजिक, राजु विष्टलाई खानेपानी, ऊर्जा तथा सिँचाइ र राजेन्द्र प्रजापतिलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    एमालेका ज्ञानबहादुर तामाङलाई भने विनाविभागीय मन्त्री बनाइएको छ । बागमती प्रदेशमा रहेका आठमध्ये कृषि, पशुपन्छी, वन तथा वातावरण र आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री थापा आफैँले राखेका छन् ।

    बिहिवार, भाद्र ४ २०८३०६:१२:४५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार