मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

रास्वपामा जिम्मेवारी बाँडफाँट : ११ सचिवालय सदस्य, ९ केन्द्रीय सदस्य मनोनीत

रास्वपामा जिम्मेवारी बाँडफाँट : ११ सचिवालय सदस्य, ९ केन्द्रीय सदस्य मनोनीत

मेगा खबर संवाददाता

५, भाद्र २०८३
  • 580
    SHARES

  • रास्वपामा जिम्मेवारी बाँडफाँट : ११ सचिवालय सदस्य, ९ केन्द्रीय सदस्य मनोनीत

    काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको संगठन विस्तारसँगै विभिन्न तहमा जिम्मेवारी बाँडफाँट गरेको छ ।

    शुक्रबार बसेको केन्द्रीय समिति बैठकले परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनालसहित ११ जनालाई सचिवालय सदस्यमा मनोनीत गरेको छ । सचिवालय सदस्यमा गणेश पराजुली, कविन्द्र बुर्लाकोटी, विराजभक्त श्रेष्ठ, मनोहर प्रधान, लिमा अधिकारी, जगदीश खरेल, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर र मनिष झा पनि छन् ।

    बैठकले ९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । जसमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल, भूपदेव साह, गृहमन्त्री सुधन गुरुङ, प्रतिभा रावल, पुरुषोत्तम यादव, मनोहर प्रधान, बसुमाया तामाङ, भक्तबहादुर राई र सुरेन्द्र चौधरी छन् ।

    रास्वपाले विभागीय जिम्मेवारीसमेत तोकेको छ । सार्वजनिक सेवा तथा जनगुनासो विभागमा विजय जैरु,जनस्वास्थ्यमा डा.तोसिमा कार्की, अन्तर्राष्ट्रिय समन्वयमा शिशिर खनाल,अर्थमा लिमा अधिकारी,प्रशिक्षणमा विपिन आचार्य र कमल सुवेदी तथा संगठन विभागमा प्रमोद न्यौपानेलाई जिम्मेवारी दिइएको छ ।

    त्यस्तै, जगदीश खरेललाई प्रवक्ता, सुरेन्द्र चौधरी र डा.नविता यादवलाई सहप्रवक्ता,पुरुषोत्तम यादवलाई सहमहामन्त्री, मनोहर प्रधानलाई कोषाध्यक्ष र बसुमाया तामाङलाई सह–कोषाध्यक्षको जिम्मेवारी दिइएको छ ।

    बैठकका निर्णयसँगै रास्वपाले संगठनभित्र नेतृत्व तथा विभागीय जिम्मेवारीलाई थप स्पष्ट बनाएको छ ।

    शुक्रवार, भाद्र ५ २०८३०५:००:४४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार