सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा मंगलवार राति देखि आएको अविरल बर्षाका कारण बाडि, पहिरोमा परी ज्यान गुमाउनेहरुको संख्या ४ पुगेको छ । उक्त पहिरोमा परी ६ जना अझै बेपत्ता रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कालिकोट जिल्ला नरहरीनाथ गाउँपालिका वडा नं। ५ रुप्सा चाउके लेकमा मंगलवार राति आएको अविरल बर्षाका कारण २ वटा गोठ पहिरोले बगाउदा ४ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा चन्द्र सहकारी,उनकी बुहारी २९ बर्षिया पम्फा देवि सहकारी र ३० बर्षिया भिमा सहकारी र उनका ९ बर्षका छोरा रमित कुमार सहकारी रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
बेपत्ताहरुको खोजिको लागि जिल्ला प्रहरी कार्यालय कालिकोट बाट उक्त स्थानमा प्र।स।नि।विमल वि।सी।को कमाण्डमा १० जनाको टोलि पठाइसकिएको जिल्ला प्रहरी कार्यालयले कालिकोटले बताएको छ ।
यस्तै दैलेख ठाँटिकाध गाउँपालिका वडा नं। ४ गैरागाउँमा राति आएको अविरल बर्षाका कारण पहिरोका कारण टिकाराम कठायतको घर भत्किदा उनका १२ बर्षीया छोरा जनक कठायतको मुत्यू भएको छ भने, सोहि गाउँका दान बहादुर कठायतका ११ बर्षिया छोरा लोकेश कठायत बेपत्ता भएका छन् । उक्त पहिरोमा परी ४ जना घाइते भएका छन् ।
घाइतेहरुमा ४५ बर्षिया टिकाराम कठायत,४१ बर्षिया धनसरा कठायत, १५ बर्षिया शम्शेर कठायत, उनका छिमेकी २५ बर्षिया बम्ब नेपाली रहेको दैलेख जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय देलेखका अनुसार घाइते सबैको हात खुट्टा र टाउँमा गम्भिर चोट लागेको छ ।
अहिले घाईतेको स्थानीय स्तरमा सामान्य उपचार भइरहेको र बाहिर उपचार लिनको लागि तयारी भैरहेको प्रहरीले जनाएको छ ।
यता जाजरकोट जिल्लाको शिवालय गाउँपालिकाको वडा नं। ६ को वडा कार्यालय पहिरोले बगाएको छ भने जाजरकोटकै छेडागाड नगरपालिका वडा नं। १३ थानवाडाका ३ बर्षिया सोमन नेपाली सुतिरहेको अबस्थामा चट्याङ् लागेर उनको मृत्यू भएको छ ।
दैलेख भगवतिमाई गाउँपालिका र सल्यानमा पनि अविरल बर्षाका कारण एक , एक जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो समय कर्णालीमा बाडि पहिरोमा परी ज्यान गुमाउने र बाडि पहिरोबाट विस्तापितको संख्या बढिरहको छ । यता कर्णाली प्रदेश सरकारले बाडि प्रभावित क्षेत्रहरुमा उद्धारमा कुनै पनि कमि हुन नदिने जनाएको छ
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।