मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

खै सरकारले व्यासीको कुरा सुनेको ?

खै सरकारले व्यासीको कुरा सुनेको ?

मेगा खबर संवाददाता

७, भाद्र २०७७
  • 1.8K
    SHARES

  • खै सरकारले व्यासीको कुरा सुनेको ?

    सुदूरपश्चिम । गत असार अन्तिमसाता सरकारले व्यासको छांगरु र तिङ्कर गाउँका लागि दुई सय क्वीन्टल खाद्यान्न ढुवानी गर्यो । छांगरुका ११७ घरधुरी र तिङ्करका ७० घरधुरीका लागि नेपाल सरकारको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ठेक्कामार्फत खाद्यान्न ढुवानी गर्यो । यहाँका नागरिकले झण्डै एक क्वीन्टल हाराहारीमा चामल पाए । 

    “सरकारले हेलिकप्टरमार्फत चामल गाउँमा पुर्यायो, तर चामल मात्रै पुर्याएको सरकारले छांगरु र तिंकरका लागि नुन, तेल र दाल पुर्याउनुपर्छ भन्ने याद सम्म गरेन”, व्यास गाउँपालिका–१ छांगरुका जगतप्रताप ऐतवालले भने, “एक क्वीन्टल चामल कति दिनलाई पुग्छ, चामलसँग दाल, नुन र तेल चाहिन्छ ।”

    जतिबेला कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नयाँ नक्सा जारी गर्यो, त्यो बेला सरकारले छांगरु र तिङ्कर गाउँ सम्झियो । नेपालका दुई गाउँ मात्र हैन्, भारतले अतिक्रमण गरेको भूगोलमा रहेका नावी, गुञ्जी र कुटी गाउँका नागरिकसमेतको अवस्था बुझ्ने प्रयास गर्यो ।
    जति नक्साको कुरा कम हुँदै गयो, अहिले भने यहाँका जनताले भन्न थाले, सरकारले छांगरु तिंकर विर्षे जस्तो छ ।

    व्यासका युवा सुरज ऐतवाल भन्छन्, “छांगरु र तिङ्करलाई राज्यले भुलेजस्तो छ, जति बेला कालापानीको मुद्धा चर्र्किन्छ, सरकारले हाम्रो नागरिक छन् भनेर छांगरु र तिंकर गाउँ सम्झिन्छ, तर वर्षौदेखि सीमाको रक्षा गरि बसेका नागरिकको अवस्था के छ, के खादैछन् कसरी बसेका छन् भनेर सरकारले फर्केर हेर्दैन ।” 

    “चामल पु¥याएपछि खै सरकारले व्यासीको कुरा सुनेको ?”, गीता बोहरा भन्छिन्, “कुञ्चा सरेपछि छांगरु र तिङ्करका नागरिकले कसरी बसेका छन्, सोधेका छैनन्, अहिले छांगरु र तिंकरमा रहेका नागरिकले सदरमुकाम खलंगा जान पाएका छैनन्, खलंगामा रोकिएका छांगरु र तिंकरका बासिन्दाले बाटो नहुँदा गाउँ जान पाएनन् ।”

    आइतवार, भाद्र ७ २०७७०७:०६:४७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार