काठमाडाै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको बताएका छन् ।
आज प्रतिनिधिसभा बैठकका लागि संसद भवन पुगेका मन्त्री पौडेलले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको बताए ।
उनले गठबन्धनभित्र आंशिक रुपमा कमी, कमजोरी भएपनि त्यसलाई सच्याउने बताए । मन्त्री पौडेलले गठबन्धनको पक्षमा उल्लेख्य जनमत प्रकट भएको बताए । मन्त्री पौडेलले माओवादी केन्द्र आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्म गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको बताए ।
संविधान र राजनीतिक प्रणाली अझैपनि खतरामा रहेको हुँदा गठबन्धन आवश्यक रहेको उनको भनाई छ । मन्त्री पौडेलले काँग्रेसले माओवादी केन्द्रलाई भोट नहालेको भन्ने कुरा साँचो नभएको स्पष्ट पारे । केही ठाउँमा त्यस्तो भएपनि सबै ठाउँमा नभएको उनको भनाई छ ।
उनले गठबन्धन सँग असन्तुष्ट रहेको नेकपा (एकीकृत समाजवादी) लाई गठबन्धनमै रहन आग्रह समेत गरे । उनले गठबन्धनका कमी,कमजोरीहरूलाई सच्याएर अगाडि बढ्ने जानकारि दिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।